News Portal

  • जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ पुस २०८१
    २४४ पटक
    भक्तपुर, २४ पुस २०८१

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाल मजदुर किसान पार्टीका सचिव समेत रहेका सुवालले जिल्लान्तर बसाइसराईले समस्या निम्त्याएको भन्दै सो कुरा बताएका हुन् ।

    बुधवार भक्तपुर उद्योग बाणिज्य संघको ३७ औं साधारण सभालाई सम्बोधन गर्दै उनले ७ सय ५३ वटै स्थानीय तहमा शहरको बिकास गर्नुपर्नेमा जोड दिए । देशमा सन्तुलित बिकास भए काठमाडौं उपत्यकाको जनसंख्या नियन्त्रण गर्न सकिने उनले तर्क गरेका छन् ।

    काठमाडौं उपत्यका एकातर्फ कमजोर जमिन भएको र अर्कोतर्फ भूकम्पीय जोखिमयुक्त भएकोले भारी संरचना बन्दा भासिने खतरा रहेको उनको भनाइ छ । घर जस्ता संरचना बनाउदा प्रयोग भएका सिमेन्टबाट २० वर्षपछि क्यान्सर जस्तो प्राणघातक रोग लाग्ने सम्भावना बारे भौतिक सास्त्रीको भनाइ उत्घ्रित गर्दै उनले सिमेन्टको बिकल्प खोज्न उद्योगी व्यापारीको ध्यानाकर्षण समेत गराए ।

    संविधानमा नै स्वदेशी लगानीका उद्योगलाई प्राथमिकता दिने देखि व्यापारिक स्वच्छता कायम राख्ने सम्मको कुरा उल्लेख भएको भन्दै संविधान सभा सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य सुवालले वर्तमान संविधानले उद्योगी व्यापारीको हित चिताएको दावी गरे । राज्यले स्वदेशी उद्योग र ब्यापारको बिकासमा ध्यान दिनुपर्ने र उद्योगी व्यापारीले पनि सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँं धौबञ्जाको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार शिवप्रसाद मानन्धर, पूर्व अध्यक्ष एवं सल्लाहकार कष्णप्रसाद ताम्राकारलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    कार्यक्रममा जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत बिभिन्न जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट निर्यातकर्ताहरुलाई पनि सम्मान गरिएको थियो ।

    भारततर्फ निर्यात गर्नेमा श्री रिजन एण्ड श्रीजन पस्मिना सर्वोत्कृष्ट भए भने तेस्रो मुलकतर्फ श्री प्रधानांग एपेरियल्स इन्डष्ट्रिज प्रालि सर्वोत्कृष्ट भै सम्मानित भएका थिए । त्यस्तै कला संस्कृति र खेलकुदको विकासमा योगदान गर्ने व्यक्ति र संघसंस्थालाई पनि सम्मान गरिएको थियो ।

    साधारण सभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको बताइएको छ । साधारण सभापछि रात्रि भोजको आयोजना गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...

    प्रेस चौतारी भक्तपुरमा आशिषको अध्यक्षतामा नयाँ नेतृत्व

    सत्तारुढ दल नेकपा (एमाले)निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित...

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...