News Portal

  • पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    भक्तपुरपोस्ट संवाददाताललितपुर, २५ पुस २०८१
    २५६ पटक
    ललितपुर, २५ पुस २०८१

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुरले स्थापना गरेको छुट्टाछुट्टै पत्रकारिता पुरस्कारबाट उनीहरू पुरस्कृत भएका हुन् ।

    बिहीबार पाँचौँ जिल्ला अधिवेशन अधिवेशनको अवसर पारेर दाहाललाई ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार- २०८०’ प्रदान गरिएको छ भने पोखरेलले ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार-२०८०’ पाएका छन्।

    पुरस्कृत हुने दाहाल जनप्रवाह साप्ताहिकका सम्पादक हुन् भने पोखरेल नेपालखबर डट्कमका उप सम्पादक रहेका छन् । पुरस्कारमा नगद रकमसहित सम्मान-पत्र रहेको प्रेस सेन्टर ललितपुरका निवर्तमान अध्यक्ष रामहरि कार्कीले जनाएका छन् ।

    सो अवसरमा पत्रकारहरु सुरेन्द्र चालिसे, बासुदेव श्रेष्ठ, डिलबहादुर थोकर, रामप्रसाद ढकाल, प्रल्हाद शर्मा हुमागाईँ, राममणि घिमिरे र गोकर्ण बराललाई ललितपुर पत्रकारिता सम्मान पनि प्रदान गरिएको थियो।

    पुरस्कार र सम्मान वितरण गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगलले एक हातमा कलम र अर्को हातमा बन्दुक बोकेको बिरासत भुल्न नहुने बताए । प्रेस सेन्टर नेपाल प्रति श्रमजीवी पत्रकारको आकर्षण बढ्नुमा यसको क्रान्तिकारी चरित्र नै प्रमुख भएको र त्यसैको प्रतिफल युनियन चौतारी गठबन्धन विरुद्ध नेपाल पत्रकार महासंघमा ऐतिहासिक जीत हासिल भएको उनको भनाइ छ ।
    अध्यक्ष जुगलले जनपक्षीय पत्रकार हुनुका नाताले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुले जनताको आवाज बोल्न सक्नुपर्ने र राज्यलाई समाजबाद तर्फ लैजान सक्नुपर्नेमा जोड दिए ।

    सो अवसरमा प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरी, महिला उपाध्यक्ष गङ्गा बराल, उपाध्यक्ष एवं उपत्यका इन्चार्ज निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल, उपमहासचिव एवं नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रदेश अध्यक्ष नवराज दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

    अधिवेशनले दीपक अर्यालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निवर्तमान अध्यक्ष रामहरि कार्कीले जनाएका छन् ।

    कार्यसमितिको उपाध्यक्षमा कृष्ण पौडेल र उषाकुमारी काफ्ले निर्वाचित भएका छन् । सचिवमा सागर देवकोटा निर्वाचित हुँदा सहसचिवमा रोशन लामा र विसु गुरुङ तथा कोषाध्यक्षमा मनबहादुर बिक निर्वाचित भएका उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...