News Portal

  • चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    सुनिल प्रजापति भक्तपुर, ५ माघ २०८१
    १६९ पटक
    भक्तपुर, ५ माघ २०८१

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपालपर्यटन बोर्डको संयुक्त आयोजनामॉ नेपाल भ्रमण वर्ष २०२५’को घोषणा तथा चिनियाँ नयाँवर्ष २०२५’को शुभारम्भ कार्यक्रम गर्न पाउँदा हामी अत्यन्त खुशी छौं ।

    नेपाल र चीन दुई छिमेकी मित्र देशहरु हुन् । नेपाल र चीनबीचको सम्बन्ध ‘इतिहास जत्तिकै’ पुरानो छ । नेपाल—चीन दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । सन् १९५५ मा नेपाल—चीनबीच दौत्य सम्बन्ध स्थापना भएको हो । यस अवसरमा नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ सफल पार्नु हामी सबैको जिम्मेवारी हो । भ्रमण वर्ष सफल पार्न नेपाल—चीनबीच साँस्कृतिक र पर्यटकहरुको आदानप्रदानका गतिविधिहरुमा जोड दिन आवश्यक छ । विश्व सम्पदामा सूचिकृत यस भक्तपुर दरबार क्षेत्रमा नेपाल भ्रमण वर्षको घोषणा र साँस्कृतिक कार्यक्रम तथा ¥याली हुनु पनि त्यसैको एक सिलसिला हो ।

    नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश हो । विश्वको सर्बोच्च शिखर सगरमाथा र अन्य उच्च हिमालय पर्वतहरु, प्राकृतिक सुन्दरता, बुद्ध जन्मभूमि लुम्बिनी र विश्व सम्पदामा सूचिकृत थुप्रै स्थलहरु नेपालमा अवस्थित छन् । राम्रो प्रचारप्रसार नहुँदा नेपालमा पर्यटन क्षेत्रको आशातित विकास हुन सकेको छैन । पर्यटन क्षेत्रलाई नेपाल सरकारले प्राथमिकतामा राखेर कार्यक्रमहरु अगाडि बढाएको खण्डमा पर्यटन क्षेत्रबाट पनि देशको अर्थतन्त्रमाठूलो टेवा पु¥याउन सकिन्छ ।

    भक्तपुर मूर्त र अमूर्त सम्पदाहरुले भरिएको नगर हो । यहाँ बार्है महिना विभिन्न साँस्कृतिक गतिविधिहरु भइरहन्छन् । २०७२ सालको भूकम्पले यहाँकाहजारौं निजी घरहरु र सयौं सम्पदाहरुमाआंशिक र पूर्ण क्षतिपु¥यायो । भक्तपुर नगरपालिकाले विदेशी सहयोगविना क्षतिग्रस्त अधिकांश सम्पदाहरुको पुनःनिर्माण र जिर्णोद्धार सम्पन्न गरिसकेको छ भने अझै कयौं सम्पदाहरु निर्माणाधीन अवस्थामा छन् ।

    भक्तपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको नगर हो । यहाँ वर्षेनी लाखौं विदेशी पर्यटकहरुले भ्रमणगर्ने गर्छन् । नेपाल आउने पर्यटकहरुमध्ये करिब २५ प्रतिशतले भक्तपुर भ्रमण गर्ने गरेको तथ्यांक छ । भक्तपुर भ्रमण गर्ने पर्यटकहरुहरुबाट भक्तपुर नगरपालिकाले केही प्रवेश शुल्क लिने गरेको छ । त्यसबाट जम्मा भएको रकमबाट नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ लगायत विकास निर्माणमा खर्च गर्दै आएको छ ।

    चिनियाँ पर्यटकहरु भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरुमध्ये संख्यामा दोस्रोमा पर्छ । चिनियाँ सरकारका उच्च पदस्थ पदाधिकारीहरुको नेपाल भ्रमणको सिलसिलामा भक्तपुरलाई पनि प्राथमिकतामा राखेर अवलोकन भ्रमण गर्ने गर्नुभएको छ । यसरी मित्रदेश चीनका सरकारी उच्च पदाधिकारीहरुलाई समय समयमा स्वागत गर्न पाउँदा हामी भक्तपुरबासीहरु अत्यन्त खुशी छौं ।

    २०७२ सालको भूकम्प, नाकाबन्दीबाट नेपालीजनता पीडामा परेको बेला होस् या विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संकटको घडीमा चीन सरकारले नेपाललाई गरेको सहयोग नेपाली जनताले बिर्सने छैनन् । नेपालीमा एउटा भनाइ छ — संकटको बेला सहयोग गर्नेहरु नै असल मित्र हुन्छन् । नेपाली जनताले चिनियाँ सरकार र जनतालाई असल र भरपर्दो मित्रको रुपमालिएका छन् ।
    चीनकै सहयोगमा बनेका भैरहवा र पोखरा विमानस्थल सुचारु हुन सके नेपालमा आउने चिनियाँ पर्यटकहरु अझ बढ्ने आशा छ । यसबारे नेपाल सरकार र महामहिम चिनियाँ राजदूतज्यूबाट आवश्यक पहल हुने अपेक्षा गर्छौं ।

    अन्त्यमा, ‘नेपाल भ्रमण वर्ष २०२५’ र ‘चिनियाँनयाँवर्ष २०२५’ को अवसरमासम्पूर्ण नेपालीजनतार चिनियाँजनतालाई हार्दिक शुभकामना र बधाई ज्ञापन गर्दछौं । यस्तो महŒवपूर्ण कार्यक्रम भक्तपुर नगरपालिका समेतको आयोजनामा गर्नेअवसर प्रदान गर्नुभएकोमा नेपाल सरकार र महामहिम चिनिया राजदूत छङ सङज्यू लगायत सबैलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । धन्यवाद ।
    (भक्तपुर नगरपालिका, नेपाल सरकार संस्कृतिपर्यटन तथानागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास र पर्यटन बोर्डको आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ र ‘चिनियाँनयाँवर्ष २०२५’ को अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिको मन्तव्य)

    प्रतिकृया दिनुहोस्

    मजदुर नेता मिलनलाई मातृशोक

    नेकपा (माओवादी केन्द्र) भक्तपुरका नेता एवं अखिल नेपाल ट्रेड युनियन महासंघको बागमति प्रदेश अध्यक्ष सत्यमान...

    केएमसीमा मध्यपुर थिमि-७ का बासिन्दालाई दुईदिन निशुल्क स्वास्थ्य सेवा

    काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य...

    कार्यसम्पादन मूल्यांकनमा मध्यपुर थिमिले पछि पार्यो जिल्लाका अरु पालिका

    कार्यसम्पादन मूल्यांकनको आधारमा भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सर्वोत्कृष्ट सावित भएको छ ।...

    स्व-मूल्यांकन गर्दा चाँगुनारायण नगरपालिका जिल्ला प्रथम

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका...

    चाँगुनारायणमा निशान गाडीको ठक्करबाट महिलाको निधन

    भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ...