News Portal

  • दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० माघ २०८१
    ६२६ पटक
    भक्तपुर, १० माघ २०८१

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ । गत सोमबार क्षमादेवी ग्रुपको गोदाम नजिक मोटरसाइकल र कार ठक्कर खाँदा दुर्घटना भएको थियो ।

    ज्यान गुमाउने महिला भोजपुरको पात्लेपानी गाउँपालिका- ६ घर भई पेप्सिकोला बस्ने २३ वर्षिया सपना राई रहेकी छन् । उपचारका क्रममा बुधवार साँझ उनको निधन भएको प्रहरीले पुष्टि गरेको हो । काठमाडौ मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा सपनाको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकारी दिएका हुन् ।

    दुर्घटनामा घाइते भएकी उनकी ३ वर्षिया छोरी ईश्वरी राई डिस्चार्ज भैसकेकी प्रहरीको भनाइ छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र कार चालक रामेछाप सुनापाती गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ बस्ने ३४ वर्षिय कृष्ण प्रसाद गौतमलाई प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...