News Portal

  • हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० माघ २०८१
    ३५ पटक
    भक्तपुर, १० माघ २०८१

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको आयोजनामा सम्पन्न प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध विद्यालयका माध्यमिक तहका विद्यार्थी सहभागी भएका थिए ।

    प्रतियोगितामा सूर्यविनायक-८ स्थित मदरल्याण्ड स्कुल प्रथम भएको छ भने ईडेन गार्डेन स्कूलले द्वितीय स्थान ओगट्नु सफल भएको छ । त्यस्तै चाँगुनारायणकाे आरक्षण नेसनल स्कुल तेस्रो बन्न सफल हुँदा
    कमलविनायकको पारागन एकेडेमीले सान्त्वनामै चित्त बुझाउनु परेको छ ।

    दुई समूहमा विभाजन गरी संचालन भएको प्रतियोगितामा पहिलो ग्रुपमा ९ वटा विद्यालय र दोश्रो ग्रुपमा ७ वटा गरी १६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।  अन्तिम फाइनल राउन्डमा प्रवेश गर्न सफल ६ वटा विद्यालय बीच प्रतिस्पर्धा भएको थियो ।

    प्रतियोगिताले बालबालिकामा सामान्य ज्ञान राख्नुपर्ने हरेक विषयमा चासो बढ्ने नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...