News Portal

  • निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ माघ २०८१
    ५४८ पटक
    भक्तपुर, १३ माघ २०८१

    नेपाल निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व निर्वाचित भएको छ । युनियनको नवौं अधिवेशनले निरज चक्रधरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

    अध्यक्ष चक्रधर मध्यपुर थिमि नगरपालिकामा कार्यरत कर्मचारी हुन् ।

    अधिवेशनले उपाध्यक्ष खुला दिपक कोइराला, उपाध्यक्ष महिला प्रभा रेग्मी, उपाध्यक्ष समावेशीमा श्रीकृष्ण प्रजापतिलाई निर्वाचित गरेको निवर्तमान अध्यक्ष सुरज पौडेलले बताए ।

    यस्तै, सचिवमा रजिया चौधरी, सहसचिवमा हिमाल घर्ती मगर र कोषाध्यक्षमा जमिन अधिकारी निर्वाचित भएका छन् ।

    सदस्यहरुमा सिताराम प्याकुरेल, विष्णुहरी थापा, दिलबहादुर राजबाहक, यज्ञराज चौधरी र सुदिपा खड्का निर्वाचित भएका छन ।

    केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सुरज पौडेल, बलराम तिमिल्सिना, राजिब श्रेष्ठ, सरिता उपाध्याय र मोहनप्रसाद धिताल निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधिमा सत्यनारायण ध्वजू, ईश्वर कुमार पाण्डेय, आशा माझी, गोकुलबाबु रेग्मी र जगदिश थापा रहेका छन् ।

    अधिवेशनको उद्घाटन प्रतिनिधि सभा सदस्य समेत रहेका नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले गरेका थिए । उनले नेपाल निजामती कर्मचारी यूनियनमा आवद्ध कर्मचारीले अरुले भन्दा बढी जनताको सेवा गर्नुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...