News Portal

  • आर्गस एजुकेशनको भक्तपुर शाखा सूर्यविनायकमा शुरु, शैक्षिक परामर्श पाइने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ माघ २०८१
    १६३२ पटक
    भक्तपुर, १९ माघ २०८१

    विश्वका विभिन्न देशमा आफ्नो कार्यालय भएको ग्लोबल ब्राण्ड आर्गस एजुकेशनले नेपालमा अर्को शाखा भक्तपुरको सूर्यविनायकमा विस्तार गरेको छ । भक्तपुर नगरपालिका वडा नं ४ स्थित सूर्यविनायकमा उक्त शाखा बिस्तार भएको हो ।

    भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले शनिबार सो शाखा उदघाटन गरेसंगै शाखाबाट एजुकेशनल कन्सल्टेन्सीको सेवा पनि शुरू भएको छ । कार्यक्रममा उप प्रमुख जोशीले भक्तपुर जिल्लामा पनि एउटा गुणस्तरीय एजुकेशन कन्सल्टेन्सी आएकोमा खुशी ब्यक्त गरेकी छन् ।

    कन्सल्टेन्सीले यहाँका विद्यार्थीहरुलाई राम्रो करियर मार्गनिर्देशन गर्न सहयोग गरी विदेशमा सिकेका सम्पूर्ण सीप र त्यहाँ गरेका अध्ययनको कुरा आफ्नै देशमा फर्केर उपयोग गर्न प्रोत्साहित गर्नुपर्ने कुरालाई उनले जोड दिईन्।

    आर्गास एजुकेशनले विदेशका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई अध्ययन अध्यापनका लागि कन्सल्टेन्सी सेवा प्रदान गर्दै आएको छ । संस्थाले माइग्रेसन र भिसा सर्भिस पनि प्रदान गर्दै आएको बताइएको छ।

    यस संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै IELTS, PTE तयारी कक्षा, करियर काउन्सेलिङ्ग, माइग्रेशन सर्भिसेस लगायतका सम्पूर्ण सेवा तालिम प्राप्त र लाइसेन्स प्राप्त जनशक्तिबाट प्रदान गर्दै आएको जानकारी गराइएको छ।

    विशेषगरी अस्ट्रेलिया, डेनमार्क, न्युजिल्याण्ड, बेलायत, अमेरिका, क्यानाडा, स्विजरल्याण्ड, आयरल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा यस कन्सल्टेन्सीले आफ्नो सेवा दिदै आएको बताइन्छ ।

    शाखा शुभारम्भ कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैया धौबन्जा, भक्तपुर चेम्बर अफ कर्मसका अध्यक्ष कविदास श्रेष्ठ, नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव राम गोपाल कर्माचार्य, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर टेलरिङ्ग व्यवसायी संघका निवर्तमान अध्यक्ष गणेश भक्त गोसाई, किकम्पा संस्कृतिक प्रतिष्ठानका अध्यक्ष देव चन्द्र बज्राचार्य, रोटरी क्लब अफ भक्तपुरका प्रसिडेन्ट नोमिनी दशरथ प्रजापति, कान्जिरोवा कलेजका प्रिन्सिपल महेन्द्र खनाल, समाजसेवी तथा राजनीतिज्ञ विनोद कायष्ठ, भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्य लगायतको समेत उपस्थिति रहेको थियो ।

    कार्यक्रममा आर्गस एजुकेशनका सीईओ अरुण चित्रकार, प्रबन्ध निर्देशक लिजा चित्रकार साथै भक्तपुरका अध्यक्ष अच्युत प्रजापति र निर्देशक किरण सुवालले पनि संस्थाको भावी योजना र सेवाहरुको बारेमा चर्चा गरे।

    भक्तपुरमा आर्गस एजुकेशनको शाखा विस्तारले अब यहाँका विद्यार्थीहरु कन्सल्टेन्सी सेवा लिन काठमाडौँ गइराख्नु पर्ने झन्झटबाट मुक्त हुने शाखाका अध्यक्ष अच्युत प्रजापतिले विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...