News Portal

  • भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ माघ २०८१
    १०५९ पटक
    भक्तपुर, १९ माघ २०८१

    भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् ।

    भक्तपुरमा आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घ, भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहाल सहित १७ जना कार्यसमिति तथा प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।

    अध्यक्षमा दाहाल निर्वाचित हुँदा उपाध्यक्षमा नवराज श्रेष्ठ र रवीन्द्र खड्का,सचिवमा सुरज खड्का, सह सचिवमा पवन बस्नेत र कोषाध्यक्षमा यज्ञ राज भट्ट निर्वचित भएका छन् ।

    त्यसैगरी सदस्यहरूमा मनोज बुढाथोकी, पूर्ण बहादुर भुट्ट, लक्ष्मण थापा, मखन सिंह लामा, दिने खड्का, विनोद साख, तीर्थमान लामा, विजेश कार्की, रामेश्वर साख, श्याम सुन्दर श्रेष्ठ र सोनाम लामा चयन भएका बताइएको छ ।

    बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा मखनसिंह लामा, लक्ष्मण थापा, नवराज श्रेष्ठ, दिनेश खड्का, माधव वन र राजकुमार बाटा निर्विरोध निर्वाचित हुँदा  केन्द्रीय महाधिवेशन प्रतिनिधिमा भने गोकर्ण पुरी, तीर्थमान तामाङ, पवन खत्री, लक्ष्मण भुट्ट श्रेष्ठ चयन भएका छन् ।

    अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै उनले सैनिक कहिले पनि पूर्व नहुने बताए । सेनाले सेवा निबृत्त भएपछि पनि देश र जनताको सेवामा तल्लीन हुनुपर्ने उनको भनाइ छ ।

    “सङ्गठनमा रहँदा इमानदार रहनुभयो । अव देश बनाउने जिम्मा पनि इमानदारी पूर्वक पूरा गर्नुपर्नेछ ।” उनले भने ।  सेनाको ताकत भनेकै देशभक्ति भएको भन्दै उनले देश बिकासमा अवरोध गर्नेलाई पूर्व सेनाले रोक्नपर्नेमा जोड दिए । उनले भूतपूर्व सेनाले शान्ति सुरक्षा र सुशासनमा समेत योगदान गर्नुपर्ने उल्लेख गरे ।

    कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेल लगायतको आतिथ्यता रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...