News Portal

  • कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २३ माघ २०८१
    १४३६ पटक
    भक्तपुर, २३ माघ २०८१

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ । कटुन्जे स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष एवं वार्ड नम्बर ५ का वडा अध्यक्ष राज कुमार जोशीलाई पारिजात सहकारीका अध्यक्ष टंकराज काफ्लेले बुधवार ईसिजी मेसिन हस्तान्तरण गरेका छन् ।

    सो अवसरमा हेल्थपोष्ट ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार जोशीले वडावासीको स्वास्थ्य सेवालाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराए । सानो भन्दा सानो उपचारमा समेत बहिर जानुपर्ने अवस्था अन्त्य भएको उनको भनाइ छ ।

    सहकारीले ईसिजी मेसिन हस्तान्तरण गर्दा स्थानीयको मुटु जाचमा सहयोग पुगेको भन्दै उनले सामाजिक संघ सस्थाहरु समाजकै अङ्ग भएको बताए । पारिजात बाट अन्य संघ सस्थाले पनि सिक्नुपर्ने र समाजिक उत्तरदायित्व बहन गर्नुपर्ने उनले बताएका छन् ।

    कार्यक्रममा कटुञ्जे घट्टेखोला खानेपानी उपभोक्ता समितिका निवर्तमान अध्यक्ष एवं समाजसेवी श्रीकृष्ण बासुले समाजको बिकाश समाजकै सदस्यवाट हुने बताए । केहि वर्षयता ह्दयघातको कारण धेरैले ज्यान गुमाउन परेको भन्दै उनले त्यसबाट बच्न ईसिजी मेसिन उपयोगी हुने बिश्वास ब्यक्त गरे ।

    सो अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष एवं पारिजातका सस्थापक अध्यक्ष ध्रुव रायमाझीले पारिजातले समुदायको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आर्थिक सहयोग गरेको स्मरण गरे । सहकारीले एकलाख भन्दा बढिको सामान दिएर एउटा उदाहरणीय काम गरेको उनको भनाइ छ ।

    पारिजातले असली सहकारीको पहिचान बनाएको प्रष्ट पार्दै उनले सहयोग निरन्तर रहने अपेक्षा गरे । यस्तो सहयोगले समुदाय संगको सम्बन्ध र आत्मीयता बढ्ने उनले बताए ।

    हेल्थपोष्टका प्रमुख कृष्ण प्रसाद अधिकारीले कटुन्जे हेल्थपोष्ट ल्याब र अल्टासाउण्ड सेवा दिने नगरकै पहिलो भएजस्तै  ईसिजी सेवा दिने पनि पहिलो बन्न पुगेको बताए ।

    वडा सदस्य कमला पोखरेल, पत्रकार महासंघका संस्थापक अध्यक्ष रमेश खडका, पारिजातका सचिव किरण थापा, सुरेश अच्छामी, मधु थापा लगायत अतिथी रहेको सो कार्यक्रममा स्थानीय समाजसेवी र स्वास्थ्य कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रममा हेल्थपोष्ट ब्यवस्थापन समितिकी उपाध्यक्ष गीता बिसुङ्खेले स्वागत मन्तब्य राखेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...