News Portal

  • भक्तपुरबाट तीर्थयात्रामा निस्केको बस नौबिसेमा दुर्घटना : एकको निधन, दुई दर्जन घाइते

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ माघ २०८१
    ५६३२ पटक
    भक्तपुर, २८ माघ २०८१

    भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन् ।

    भक्तपुरबाट २९ जनासहित देवघाट तिर्थयात्रामा गएको बस गएराती करिब १० बजेको समयमा धादिङ जिल्लाको नौबिसेमा दुर्घटना भएको हो । गुड्दागुड्दैको बस पत्ता भाँचिएर बीच सडकमै पछाडिपट्टि पल्टिएको थियो ।

    दुर्घटनामा परी ज्यान गुमाउनेमा दोलखाको तामाकोशी गाउँपालिका वडा नं. १ निवासी पार्वती काफ्ले रहेकी आफन्तले पुष्टि गरेका छन् । करिब ४८ वर्षीया पार्वती भक्तपुरका चर्चित सामाजिक अभियन्ता नवराज काफ्लेकी भाउजू हुन् । दुर्घटनामा काफ्ले परिवारका मात्रै १८ जना घाइते भएका छन् ।

    घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको छ । उनीहरूसहित १७ घाइतेहरु वीर अस्पताल, ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल र बाँसबारी स्थित न्युरो अस्पतालमा उपचाररत छन् । ११ जना भने सामान्य उपचार पश्चात् घर फर्किएका बताइएको छ ।

    सो बस आइतबार साँझ करिब ७ बजे सूर्यविनायक-५ कटुन्जेबाट देवघाटका लागि छुटेको थियो । स्थानीय सूर्यप्रसाद काफ्लेले घरमा सप्ताह सम्पन्न गरेका र सोही सप्ताहको पाती सेलाउन र महायज्ञमा सहभागी हुन देवघाट दर्शनका लागि जानेक्रममा यात्रीहरु दुर्घटनामा परेका वडाध्यक्ष राजकुमार जोशीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...