News Portal

  • स्व-मूल्यांकन गर्दा चाँगुनारायण नगरपालिका जिल्ला प्रथम

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ फागुन २०८१
    १३७१ पटक
    भक्तपुर, २ फागुन २०८१

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ ।

    जिल्लाका चार पालिकामध्ये चाँगुनारायणले १०० पूर्णाङ्कमा ९२ दशमलव ५ अंक प्राप्त गरी जिल्ला प्रथम भएको प्रशासकीय अधिकृत सुरज पौडेलले पुष्टि गरे । जिल्ला प्रथम भएको चाँगुनारायण उपत्यकाका १८ पालिका मध्ये भने तेस्रो भएको उनले बताएका छन् ।

    त्यसैगरी मध्यपुर थिमि नगरपालिका ९१ अंकसहित जिल्ला दोस्रो हुँदा सूर्यविनायक नगरपालिका ९०.५ अंक प्राप्त गर्दै तेस्रो र भक्तपुर नगरपालिकाले ८९ अंक प्राप्त गर्दै चौंथो बनेको बताइएको छ ।

    देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवर्द्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (लिजा) कार्यान्वयनमा ल्याइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको स्व-मूल्यांकन गर्न मिल्नेगरी यो प्रणाली बिकास गरेको छ र प्रत्येक वर्ष विषय अनुसार प्राप्त नम्बरका आधारमा नतिजा सार्वजनिक गर्दै आएको छ ।

    लिजाले पालिकाको अवस्था थाहा पाउन र सुधार गर्न मद्दत मिल्ने बिश्वास गरिएपनि लिजामा कम अंक प्राप्त गर्ने स्थानीय सरकारको कार्यसम्पादनस्तर धेरै अंक प्राप्त गर्नेको भन्दा राम्रो हुने गरेको विरोधाभास अवस्था पनि देखिन्छ । लिजा भर्न प्राविधिक ज्ञान चाहिने भएकोले पनि नतिजा प्रभावित हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...