News Portal

  • केएमसीमा मध्यपुर थिमि-७ का बासिन्दालाई दुईदिन निशुल्क स्वास्थ्य सेवा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ फागुन २०८१
    २९६ पटक
    भक्तपुर, ३ फागुन २०८१

    काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । कलेजको दुवाकोट स्थित अस्पतालमा माघ ४ र ५ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

    सो शिविरमा जनरल मेडिसिन देखि विशिस्ट सेवा समेत प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ । स्त्री तथा प्रसुती, बाल रोग, मानसिक तथा नसा, हाडजोर्नी, नाक कान घाँटी, आँखा र सामान्य सर्जरी सम्म निशुल्क हुने अस्पतालको भनाइ छ ।

    बिहान १० देखि दिउँसो २ बजेसम्म शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा लिन वडाध्यक्ष कृष्ण कुमार प्रजापति उनले आग्रह गरेका छन् ।

    रेफर गरि उपचार गर्नु पर्ने भए कलेजको सिनामंगलस्थित केएमसी अस्पतालमा क्याबिन र औषधीबाहेकका सेवामा ५०% सम्म छुटको ब्यवस्था गरिएको पनि उनले जानकारी गराए । नगरपालिकाको आफ्नै नगर अस्पताल भएपनि वडाले चाँगुनारायण-२ स्थित केएमसीसंग मिलेर निशुल्क स्वास्थ्य शिविरको योजना अघि सारेको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...