News Portal

  • नेविसंघको आयुर्वेद शिविरमा ५ सयले लिए स्वास्थ्य सेवा (फोटोफिचर)

    इमान्दार संवाददाताकाठमाडौं ।
    १२३९ पटक
    काठमाडौं ।

    नागार्जुन नगरपालिकामा निस्शुल्क आयुर्वेद स्वास्थ्य शिविर आयोजना गरिएको छ। नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई र नागार्जुन नगरपालिकाको सहयोगमा शिविर आयोजना गरिएको हो।

    शिविरको उद्घाटनपछि नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आयुर्वेद विकास र विस्तार गर्न तत्काल उच्चस्तरको आयुर्वेद प्रतिष्ठान स्थापना गरिनुपर्ने बताए।

    नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले आयुर्वेदको विकासमा सहयोग गर्न तयार गरेको बताए। यस्तै नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्नेले नेपालमा आवुर्वेद शिक्षाको प्रभावकारीता र आवश्यकता उत्तिकै रहेकोले यसको विकासमा नेविसंघको पनि विशेष चासो रहेको उल्लेख गरे ।

    कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय शुशिल भट्टले आयुर्वेद शिक्षा र चिकित्साको विकासको निम्ति सरकारको विशेष चासो जानुपर्नेमा जोड दिए ।

    नेपाली कांग्रेस काठमाडौँ ७ का सभापति एवं काठमाडौ महानगरपालिका १६ का अध्यक्ष मुकुन्द रिजालले संघीयतामा आयुर्वेदको स्वरूप निर्धारण गर्न केन्द्रदेखि स्थानीय निकायसम्म आयुर्वेदका स्वतन्त्र संस्था स्थापना हुनुपर्ने र प्रत्येक गाउँपालिका देखि चिकित्सक सहितको सेवा प्रदान गर्नुपर्ने बताए।

    नेविसंघ आयुर्वेद क्याम्पस इकाई सभापति डा महेश्वर भट्टले आयुर्वेदको विकास र जनचेतनामा लागि शिविर आयोजना गरिएको जानकारी दिदै अन्य स्थानमा पनि शिविर सञ्चालन गरिने जानकारी दिए ।

    शिविरमा स्वास्थ्य परिक्षण, स्त्री र बाल रोग परिक्षण, योगभ्यास, निस्शुल्क औषधी वितरण गर्ने व्यवस्था गरिएको थियो। उक्त स्वास्थ्य शिविरबाट झण्डै पाँच सयले स्वास्थ्य सेवा लिएका थिए।

    कार्यक्रममा नेबि सघ महामन्त्री कुन्दन राज काफ्ले केन्द्रिय सदस्य सुशील भट्ट,पुस्प बस्नेत ,विद्यार्थी नेता निरन्जन थापा, गोपि कुमार सिबाकोटी,माधब शर्मा ,सुमन पान्डे लगायतका विद्यार्थी नेताहरुको समेत उपस्तिथि रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...