प्रधानमन्त्री केपी ओलीले छाडे बस्नेतको हात : यस्ता छन मन्त्री बन्ने अनुहार

प्रधानमन्त्री केपी शर्मा ओलीले ११ दिनपछि सोमबार मन्त्रीपरिषद बिस्तारको तयारी गरेका छन् । उनले माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसंग अन्तिम परामर्श गरि अहिले नै मन्त्रीका नाम टुंगो लगाउदै छन् । एमालेबाट मन्त्रीका आकांक्षी बढी भएपछी प्रम ओलीलाई मन्त्रीपरिषद बिस्तार टाउको दुखाइको बिषय बनेको छ । हिजोका दिनमा आफ्ना भनिएका र आफ्नो लागि मरिहत्ते गर्ने सांसदहरु छुटाउन परेपछि प्रधानमन्त्री ओली परेशान छन् । उनलाई पार्टीमा बरिष्ठ नेता माधव नेपाल , झलनाथ खनाल , बामदेव गौतम लगायतले  प्यानलमा आशक्ति नदेखाउन दबाब दिएपछि उनले चाहेर पनि आफु निकट केहि सांसदहरु छुटाएर मन्त्री परिषद बिस्तार गर्न खोजेको बुझिएको छ । मन्त्री हुने आश्वाशन पाएका भक्तपुरका प्रभावशाली नेता महेश बस्नेत यसपटक मन्त्री मण्डलमा नपर्ने स्रोतले बताएको छ । प्रम ओलीले चुनावी कार्यक्रममा बस्नेतलाई मन्त्री बनाइदिने भन्दै सार्वजनिकरुपमै बचन दिएका थिए तर उनको बचन पूरा नहुने देखिएको छ । बस्नेतलाई अर्को प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा पावरफुल मन्त्रालय दिने भन्दै आश्वाशन दिइएको बुझिएको छ । सांसद बस्नेत निकट … Continue reading प्रधानमन्त्री केपी ओलीले छाडे बस्नेतको हात : यस्ता छन मन्त्री बन्ने अनुहार