News Portal

  • प्रधानमन्त्री केपी ओलीले छाडे बस्नेतको हात : यस्ता छन मन्त्री बन्ने अनुहार

    इभक्तपुर संवाददाताभक्तपुर, १४ फागुन
    ४२१६ पटक
    भक्तपुर, १४ फागुन

    प्रधानमन्त्री केपी शर्मा ओलीले ११ दिनपछि सोमबार मन्त्रीपरिषद बिस्तारको तयारी गरेका छन् । उनले माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसंग अन्तिम परामर्श गरि अहिले नै मन्त्रीका नाम टुंगो लगाउदै छन् ।

    एमालेबाट मन्त्रीका आकांक्षी बढी भएपछी प्रम ओलीलाई मन्त्रीपरिषद बिस्तार टाउको दुखाइको बिषय बनेको छ । हिजोका दिनमा आफ्ना भनिएका र आफ्नो लागि मरिहत्ते गर्ने सांसदहरु छुटाउन परेपछि प्रधानमन्त्री ओली परेशान छन् । उनलाई पार्टीमा बरिष्ठ नेता माधव नेपाल , झलनाथ खनाल , बामदेव गौतम लगायतले  प्यानलमा आशक्ति नदेखाउन दबाब दिएपछि उनले चाहेर पनि आफु निकट केहि सांसदहरु छुटाएर मन्त्री परिषद बिस्तार गर्न खोजेको बुझिएको छ ।

    मन्त्री हुने आश्वाशन पाएका भक्तपुरका प्रभावशाली नेता महेश बस्नेत यसपटक मन्त्री मण्डलमा नपर्ने स्रोतले बताएको छ । प्रम ओलीले चुनावी कार्यक्रममा बस्नेतलाई मन्त्री बनाइदिने भन्दै सार्वजनिकरुपमै बचन दिएका थिए तर उनको बचन पूरा नहुने देखिएको छ । बस्नेतलाई अर्को प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा पावरफुल मन्त्रालय दिने भन्दै आश्वाशन दिइएको बुझिएको छ ।

    सांसद बस्नेत निकट श्रोतले भने उनी मन्त्री बन्न आसक्त नभएको दावी गरेको छ । अहिले भक्तपुरको बिकाशमा बस्नेतको ध्यान भएकोले मन्त्री बन्न लबीङ नगरेको श्रोतले बतायो । तर केपी ओली निकटकै काभ्रेका सांसद गोकुल बाँस्कोटाले बस्नेत पहिले पनि मन्त्री भैसकेकोले आफुलाई मन्त्री बनाउन भनेको बुझिएको छ । यद्यपी ३ नम्बर प्रदेशबाट पार्वत गुरुङ पर्ने प्रवल सम्भावना भएको इभक्तपुरसंग श्रोत बताउँछ ।

    प्रदेश १ बाट सचिव योगेश भट्टराई र भानुभक्त ढकाल मध्ये एक मन्त्री बन्दैछन् । ढकालको पल्ला भट्टराइको भन्दा भारी देखिएको छ ।
    प्रदेश २ बाट सुमन प्याकुरेल मन्त्री बन्ने निधो भइसकेको बताइएको छ ।
    प्रदेश ३ बाट पार्वत गुरुङ, गोकुल बाँस्कोटा,रामवीर मानन्धर मध्ये गुरुङ अगाडी देखिन्छ्न्।
    प्रदेश ४ बाट युवा नेता रवीन्द्र अधिकारी र पद्मा अर्याल बीच प्रतिष्पर्धा छ ।
    प्रदेश ५ बाट स्थायी समिति सदस्य छविलाल विश्वकर्मा मन्त्री बन्दैछन् ।
    प्रदेश ६ बाट धनबहादुर बुढाको सम्भावना छ ।
    प्रदेश ७ बाट नारदमुनी राना थारू मन्त्री बन्दैछन् ।

    एमालेबाट बन्ने सबै मन्त्रीको नेतृत्व गर्दै सरकारमा सामेल हुन महासचिव इश्वर पोखरेलले इच्छा देखाएका छन् । प्रम अोली पनि यो बिषयमा सकारात्मक देखिएको बुझिएको छ । पोखरेलले नेतृत्व नदिए सरकारमा नजाने अडान राखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...