News Portal

  • मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    निशा कुस्माभक्तपुर, ८ फागुन २०८१
    १५८२ पटक
    भक्तपुर, ८ फागुन २०८१

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । प्रत्येक वडाबाट महिनाको दुईदिन प्रवाह हुनेगरी निशुल्क सेवा शुभारम्भ भएको हो ।

    बिहीबार वडा नम्बर ६ मा आयोजित सेवा शुभारम्भको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले स्वास्थ्य बीमा मार्फत ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिक र गर्भवती महिलाहरुलाई  निशुल्क स्वास्थ्य सेवाको ब्यवस्था मिलाएको बताए ।

    प्रत्येक वडामा महिनाको दुईदिन यस्तो सेवा प्रवाह हुने र यसका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोलि परिचालन गरिने उनले जानकारी गराए । “वडा स्वास्थ्य केन्द्रमा समेतको आउन नसक्ने अशक्त तथा अपाङ्गता भएकालाई  भने घरमै पुगेर उपचार सेवा प्रदान गरिने ब्यवस्था मिलाइएको छ ।” उनले बताए ।

    नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठले स्वास्थ्य जाँच र उपचारका लागि कष्टगरी अस्पतालसम्म आउनुपर्ने र लामो समय पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नगरपालिकाले वडामै निशुल्क स्वास्थ्य सेवा पुर्याउनु परेको प्रष्ट पारे । यो कार्यक्रमले दीर्घरोगीलाई मात्र नभई रोग लाग्नु अगावै नै रोगको पहिचान गर्न पनि मद्दत पुग्ने उनले बिश्वास व्यक्त गरे ।

    नेपाल कोरियामैत्री नगर अस्पतालका प्रमुख डा.दिपेन्द्र कुमार रौशनले यो कार्यक्रमले नगरबासीलाई सहज स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने बताए । “जेष्ठ नागरिकको टोलमै पुगेर स्वास्थ्य सेवा दिँदा सबैलाई स्वास्थ्यको पहुँचमा पुर्याउन सकिन्छ ।” उनले भने ।

    मध्यपुर थिमि नगरपालिकामा १० हजार ३ सय ५ जना ६० वर्ष उमेरमाथिको जनसंख्या रहेको स्वास्थ्य शाखा प्रमुख श्री कृष्ण प्रजापतिले जनाएका छन् । स्वास्थ्य बीमा नगरेका सो उमेर समूहका जेष्ठ नागरिक र महिला स्वास्थ्य अन्तर्गत गर्भवती महिलाको नगरपालिकाले निशुल्क बीमा गरिदिने उनले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...