News Portal

  • डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    भक्तपुरपाेष्ट संवाददाताभक्तपुर, ५ असोज २०८२
    ७ पटक
    DP dhkalभक्तपुर, ५ असोज २०८२

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै नायक वा महानायकले नगर्ने स्पष्ट पारेका छन् । बौद्धिक नेताको पहिचान बनाएका ढकालले ‘अरुलाई नायक र आफूलाई नालायक ठान्ने’ प्रवृत्तिले नै देशलाई पछाडि पारेको बताए ।

    ढकालका अनुसार हामी अझै नायक खोज्ने दौडमै छौं तर,नायक ठानेका व्यक्तिहरू नै पछि निराशाजनक देखिने गरेको उदाहरण धेरै छन् ।

    पछिल्लो समय काठमाडौ महानगरका मेयर बालेन्द्र साहमाथिको युवामोहप्रति असन्तुष्टि प्रकट गर्दै उनले प्रश्न गरे, “आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्ने व्यक्तिलाई नायक बनाएर के पाइन्छ?”

    ढकालले नेपाली समाजको निर्णय प्रक्रिया प्रायः मनले चल्ने तरिकाले भएको भन्दै त्यसले पछुतो र गलत परिणाम ल्याउने बताए ।

    उनले भने, “सत्य सतहमा हुँदैन, सत्य त गहिराइमा हुन्छ जहाँ पुग्न हामी चाहँदैनौं । सत्य पनि सापेक्ष हुन्छ भन्ने सत्यलाई आत्मसात गर्नुपर्छ।”

    ढकालले देश जलाउनेहरूभन्दा आगो निभाउनेहरूलाई, ठूलो शिकार गरेर बुद्धत्व बाँड्न खोज्नेभन्दा बुद्धत्वका लागि जीवन अर्पण गर्नेहरूलाई, अरूको रगत बगाएर आफू बन्न खोज्नेभन्दा अरूलाई बनाउन आफ्नो रगत दिन सक्नेहरू नै महान हुने र नेपाली समाजले त्यो ठम्याउन सक्नुपर्नेमा जोड दिए ।

    उनले वर्तमान जेन-जी विद्रोहपछि बनेको अन्तरिम सरकारमा समेत काम गर्ने अवसर भएको ठाउँमा युवा होइन, बुवा, काका, दाइ वा हजुरबा–हजुरआमालाई रोज्ने चलन भएकाले नयाँ पुस्ताको अवसर खोसिएको टिप्पणी गरे ।

    ढकालले सुधार गर्नुपर्ने ‘म बाहेक अरू मात्र हुन्’ र सुधार गर्नसक्ने चाहिँ मबाहेक अरुले सक्छन भन्ने सोच गलत भएको बताए । यो सोच त्यागेर ‘म पनि सुध्रनुपर्छ’’ र ‘मैले नै सुधार्न सक्छु’ भन्ने मान्यता लिनुपर्नेमा उनलेे जोड दिए ।

    इटालियन क्रान्तिकारी नेता एन्टोनियो ग्राम्शीको भनाइ उद्धृत गर्दै उनले भने, “पुरानो मर्दै जानु तर नयाँको जन्म नहुनु नै संकटको मुख्य कारण हो।”

    ढकालका अनुसार सामाजिक सञ्जाल अहिले मानिसको मस्तिष्कलाई हाइज्याक गर्ने साधन बनेको छ ।

    त्यसैले नागरिकलाई सचेत रहन आग्रह गर्दै उनले भने, “धर्यतापूर्वक मेहनत गरौं, आफ्ना कमजोरीप्रति निर्मम बनौं, आफैंलाई रुपान्तरण गरौं ।”

    अर्थ राजनीतिका विश्लेषक एवं लेखक समेत रहेका ढकालले असत्य र भ्रमले केही समय राज गर्ने तर, अन्ततः सत्यकै जित हुने भन्दै सबैले सत्यलाई अनुभव र आत्मसात गर्नसक्नुपर्नेमा जोड दिएका छन् ।

    वर्तमान राजनीतिक संक्रमणकालमा सबै नेपाली एकतावद्ध हुन सके मात्र देशमा शान्ति, सुशासन र समृद्धि स्थापुत हुने भन्दै उनले त्यसको लागि प्रत्येक ब्यक्तिले स्वार्थ र संकिर्णता त्याग्नुपर्ने आवश्यकता औल्याएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...