लोहकिल्थली(लोकन्थली)मा सम्पन्न साधारण सभाबाट सुरेश न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन्।
न्यौपानेको नेतृत्वमा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक हरिगोपाल कर्माचार्यले जनाएका हुन् । सञ्चालक समितिको उपाध्यक्षमा सीता पोखरेल, सचिवमा इन्दिरा अधिकारी र कोषाध्यक्षमा बसन्त पौडेल निर्वाचित भएका उनले बताए ।
त्यसैगरी सदस्यहरुमा राजन ढुंगाना, हरि शिवाकोटी, अमृता पौडेल, अनुप पौडेल, बासुदेव हुमागाई, तेज पन्त र सुरेन्द्र चालिसे निर्वाचित भएका छन्।
साधारण सभाले लेखा समिति पनि निर्वाचित गरेको छ जसको संयोजक बिदुर खरेल रहेका छन् भने सदस्यहरुमा बिन्दिरा प्रधानाङ्ग र दिपेश पाण्डे चयन भएका छन्।
सिङ्गो समिति नै निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष सुदर्शन पराजुलीले जानकारी गराए । न्यौपाने नेतृत्वको नयाँ सञ्चालक समितिले सहकारीको सुदृढिकरण, पारदर्शिता र सदस्यको हित प्रवर्द्धनमा प्रभावकारी काम गर्ने निवर्तमान अध्यक्ष पराजुलीले विश्वास व्यक्त गरेका छन् ।
नव निर्वाचित अध्यक्ष न्यौपाने सेवा निबृत्त शिक्षक हुन् । अघिल्लो कार्यकालमा सचिव रहेका उनीसंग सहकारी क्षेत्रको लामो अनुभव छ ।
पछिल्लो समय सहकारी क्षेत्र संकटग्रस्त अवस्थामा रहँदा समेत निमन्त्रणामा कुनै समस्या देखिएको छैन । यो सहकारी भक्तपुरमा सहकारीको वास्तविक सिद्धान्त अनुसार सञ्चालनमा रहेको तथा सदस्यहरुको सहकार्य र विश्वास जित्न सफल उदाहरणीय सहकारी मानिन्छ ।