News Portal

  • नगरपालिकाको नमूना काम, किसान दङ्ग

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ माघ २०८१
    १३७७ पटक
    भक्तपुर, १४ माघ २०८१

    झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई राहत दिएको छ । नगरपालिकाले तरकारी बालीहरुको न्यूनतम समर्थन मूल्य कायम गरेपछि किसानहरु लाभान्वित भएका छन् ।

    काउली देखि टमाटर सम्म १६ थरी तरकारीमा न्यूनतम समर्थन मूल्य कायम गरिएको बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए । सबैभन्दा कम मूल्य फर्सी र काक्रोको २५ रुपैयाँ प्रति किलो कायम गरिएको छ भने सबैभन्दा बढी मूल्य खुर्सानीको प्रति किलो ५४ रुपैयाँ छ ।

    हेर्नुस् मूल्य सूची

    नगरपालिकाले कृषि बजारस्थित आफ्नो तरकारी संकलन केन्द्रमा सो मूल्य उपलब्ध गराउने बताइएको छ । नगरपालिकाले प्रत्येक वडामा बिक्रि केन्द्र खोली संकलित तरकारी बेच्ने ब्यवस्था समेत मिलाएको छ । यसरी एकातर्फ किसानलाई न्यूनतम मूल्यको ग्यारेन्टी र उपभोक्तालाई बिषादी न्यूनीकरण गरिएको तरकारी उपलब्ध गराउन नगरपालिका तल्लीन रहेको कृषि शाखा प्रमुख कडरियाले बताएका छन् ।

    कृषिप्रधान देशमा कृषकलाई उत्पादन लागत उठाउन धौधौ भैरहेको अवस्थामा बिर्तामोड नगरपालिकाले आशा जगाएको किसानहरु बताउँछन् । कृषि फार्म खोलेर तरकारी खेती गरिरहेका किसान राममणी बरालले नगरपालिकाको न्यूनतम मूल्यले किसानको आस र सास जोगाएको प्रतिक्रिया दिएका छन् । अन्य नगरपालिकालाई पनि बिर्तामोड बाट सिक्न उनले सुझाव दिए ।

    बजार मूल्य भन्दा आधा बढी न्यूनतम मूल्य कायम गरी खरिद पनि गरिदिने नगरपालिकाको यो कदमलाई किसानहरुले कृषि क्रान्तिको शुरूवात भएको भन्दै सन्तोष ब्यक्त गरेका छन् । यसले कृषि प्रति नयाँ पुस्तालाई आकर्षण गर्न र उत्पादन बढाउन मद्दत मिल्ने नगरपालिकाले बिश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...