News Portal

  • उपभोक्ता हित नहेर्ने भाट्भटेनी स्टोर्सलाई जरिवाना

    भक्तपुरपोस्ट संवाददाताललितपुर, १ माघ २०८१
    १३७५ पटक
    ललितपुर, १ माघ २०८१

    ललितपुर, । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोस्थित भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ।

    ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गिता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन समितिले सोमबार अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख नगरिएको तथा मापदण्डअनुसार प्याकेजिङसमेत नगरिएको इम्लीको अचार फेला परेको थियो।

    ‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाउने बाँकी अचार जफत गरिएको छ। हामीले अहिले सचेतनाका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको छ।’ सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भनिन् ।

    उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार बजार अनुगमन गर्दा सोही बुँदामा पाँच लाखसम्म जरिवाना गर्न सक्ने अवस्था रहेको उपभोक्ता हित संरक्षण मञ्च ललितपुरका अध्यक्ष ध्रुबलाल तण्डुकार बताउँछन् ।

    त्यस्तै, संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोवाटोको मकवानपुर फष्टफुड र ए टु जेड स्टोरमा समेत अनुगमन गरि देखिएका कमजोरी सुधार्न सचेत गराएको अनुगमन समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले जानकारी गराएका छन् । मकवानपुर फास्टफूडले स्थानीय तहमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको र ए टु जेड स्टोरले मूल्यसूचि नराखेको पाइएको थियो ।

    हरेक हप्ता फरकफरक ठाउँमा छड्के बजार अनुगमन गर्दै आएको संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले हात्तीवनस्थित अपार भेजिटेवल सस उद्योगलाई पनि ५० हजार रुपैयाँ जरिवाना गराएको उद्योग तथा वाणिज्य कार्यालय ललितपुरका अधिकृत संजय थापाले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...