News Portal

  • जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर, १६ भदौ २०८२
    ९ पटक
    ललितपुर, १६ भदौ २०८२

    ललितपुरको बुद्ध मावि बाँडेगाउँमा आयोजित प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (पान)को एजुकेशन कन्क्लेभलाई शनिवार सम्बोधन गर्दै महानिर्देशक काप्रीले छोरीछोरी निजीमा पठाउने विषय भन्दा निजीमा लगानी गर्ने कुरा गम्भीर रहेको बताएका हुन् ।

    “जनप्रतिनिधि र कर्मचारीको छोराछोरी निजीमा पढ्न नपाउने कुरा सुन्दा राम्रो लागेपनि बालअधिकार र मानव अधिकार विपरित हुन्छ ।” उनले भने “बरु उनीहरूलाई निजी विद्यालयमा लगानी गर्नबाट रोक्ने हो भने त्यसले राम्रो परिणाम ल्याउँछ ।”

    महानिर्देशक काप्रीले संघीय संरचनामा विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा सरेपनि शासन प्रवृत्तिमा सुधार हुन नसकेकोप्रति दु:ख व्यक्त गरे । विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय तहले शासकीय रवाफ र अधिकारको डण्डा चलाउने नभई संरक्षक, सहयोगी र सहयात्रीको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

    “विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न प्रअ लाई स्वतन्त्र रहन दिनुपर्छ र पूर्ण अधिकार सुम्पनुपर्छ ।” उनले स्पष्ट पारे ।

    प्रधानाध्यापकको नेतृत्वले नै विद्यालय सुधार हुने दावी गर्दै उनले प्रधानाध्यापकलाई आवासीयरुमै विद्यालयमा बस्न र विद्यालयको विकासमा लाग्न प्रेरित गर्नुपर्ने धारणा राखे ।

    विद्यालयको गुणस्तर विद्यार्थीको उतीर्ण संख्याले मापन नगर्ने भन्दै महानिर्देशक काप्रीले रोजगार-स्वरोजगार र सीपमा जोडिन सक्ने विद्यार्थी र उनीहरुले समाजमा प्रदर्शन गर्ने नैतिक एवं सामाजिक ब्यवहारमा शैक्षिक गुणस्तर मापन हुने बताए ।

    सो अवसरमा उनले शिक्षा तथा मानव श्रोत विकास केन्द्रले उत्कृष्ट परिणाम ल्याउने एक सय विद्यालयलाई यो वर्ष २५ लाख रुपैयाँको दरले अनुदान वितरण गर्ने जानकारी गराउदै केन्द्रले राम्रो गर्नेलाई प्रोत्साहनको नीति लिएको जिकिर गरे ।

    साथै, उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई पहुँचको आधारमा नभई आवश्यकताको आधारमा लागू गर्न विद्यालयको गुरुयोजना अध्ययन गरी मापदण्ड बनाएर यो वर्ष २ अर्व २४ करोड रुपैयाँ वितरण गरिने बताए ।

    कार्यक्रममा महानिर्देशक काप्रीले शिक्षक दरबन्दी मिलान गर्न आफूले रिस्क लिएर प्रावि शिक्षक बिज्ञापन रोकेको र विद्यार्थी अभाव भएका विद्यालय मर्जरलाई प्रोत्साहित गर्न ४५ करोड रुपैयाँ छुट्याएको जानकारी गराए ।

    “विद्यालय मर्जरमा गए विद्यालय बस लगाअत खरिद गर्न हामी पालिकाको मागका आधारमा बजेट उपलब्ध गराउँछौं ।” उनले स्पष्ट पारे ।

    प्यानल डिस्कसन
    कन्क्लेभमा “गुणस्तरीय शिक्षाका लागि साझेदारी भूमिका र जिम्मेवारी” विषयमा आयोजित प्यानल डिस्कसनमा बुढानिलकण्ठ नगरप्रमुख मिठाराम अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुर प्रमुख कमला ज्ञवाली, गोदावरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्का, बुद्ध मा.वि. व्यवस्थापन समिति अध्यक्ष सुरेश बज्राचार्य र विश्व निकेतन मा.वि. प्रधानाध्यापक हेरम्बराज कँडेल सहभागी भए। प्यानल डिस्कसनको सञ्चालन हिमाल केसीले गरेका थिए।

    सो अवसरमा मेयर अधिकारीले विद्यालयमा रमाइलो शुक्रवारको आफूहरूले संचालन गरेको मोडल प्रभावकारी रहेको जिकिर गरे । उनले कम्तिमा उपत्यकाको तीन जिल्लामा रहेका विद्यालयहरुले सामूहिक अभियानबाट सिकाइ सवलीकरण गर्नुपर्ने र देशब्यापी नमूना प्रवाह गर्नुपर्ने आवश्यकता औल्याए ।

    त्यस्तै, गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रअ जस्तो हुन्छ विद्यालय त्यस्तै हुने भन्दै विद्यालय सुधारमा प्रधानाध्यापकको प्रमुख भूमिका रहने प्रष्ट पारे ।

    शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरकी प्रमुख कमला ज्ञवालीले विद्यार्थीहरुमा हासोखुसी हराउँदै गएकोमा चिन्ता ब्यक्त गर्दै शिक्षा करलाग्दो नभई रहरलाग्दो हुनुपर्ने र त्यसमा सीपसंगै योगध्यान र संस्कार जोड्नुपर्नेमा जोड दिइन् ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...