News Portal

  • कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    रोजी बस्नेत भक्तपुर, ५ फागुन २०८१
    १६३९ पटक
    भक्तपुर, ५ फागुन २०८१

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू प्राणीभन्दा बेग्लै हुन जान्छ । जस्तै अरू प्राणीको रक्षा मानिसले गर्छ भने कुकुरले मानिसको रक्षा गर्ने गर्छ । त्यसकारणले पनि प्रायः धेरैजसो कुकुर पालिएको देखिन्छ । त्यति मात्र नभई नेपाली समाजमा जस्तै तिहारमा पनि कुकुरको विशेष रुपमा पूजा गरिन्छ ।

    कुकुर मानव समाजको अभिन्न हिस्सा हो, तर मानिसहरूको व्यवहारले घरभित्र र घरबाहिरका कुकुरबीच ठूलो भिन्नता ल्याएको छ । घरमा पाल्ने कुकुरलाई आफ्नै परिवारको सदस्य जसरी लालनपालन गरिएको हुन्छ । उनीहरूलाई दिने खानेकुरा सामान्य कुकुरले खानी भन्दा धेरै फरक हुने गर्दछ ।

    बिरामी भए औषधि उपचार, स्याहारसुसार, पारिवारिक माया, आरामदायी वातावरण घरपालुवा कुकुरले पाउने गर्छ । तर सोही मालिकले गाउँठाउँमै हुर्केका कुकुरहरूलाई गर्ने व्यवहार धेरै फरक हुने गर्दछ । ती कुकुरहरूले धेरै दुःख भोगेका हुन्छन् ।

    उनीहरूको गाँस, बास, कपास घरपालुवा कुकुरभन्दा धेरै फरक हुन्छ । उनीहरू दिनदिनै थुप्रै रोग, दुर्घटनाको शिकार हुने गर्छन् । साथसाथै धेरै मानिसहरूबाट अपहेलित हुने गर्छन् ।

    रोजी बस्नेत

    रोजी बस्नेत

    धेरै मानिसहरूले त ती कुकुरलाई जानाजान चोट पुरयाउने गर्छन । उनीहरूले घरपालुवा कुकुरलाई माया गर्छन् तर घरबाहिरको कुकुरलाई तिरस्कार गर्छन । अझ सुत्केरी कुकुर छ भने उसको बच्चाले दुःख दिएमा कि त्यो बच्चालाई तड्पाई तड्पाई मार्छन् कि त खोलामा लगि बगाइदिने गर्छन् ।

    समाजले घरभित्र र घरबाहिरका कुकुरलाई हेर्ने दृष्टिकोण परिवर्तन निकै गर्न आवश्यक छ । मात्र कुकुर तिहारको एकदिन पूजा गरी बाँकी दिन अपहेलित गर्नुहुँदैन । दुवै कुकुर समान छन्, केवल तिनीहरूको अवस्था फरक छ ।

    यदि हामीले घरबाहिरका कुकुरलाई पनि सहानुभूति देखाई खानपान, आश्रय र स्वास्थ्य सेवा दिन सक्यौं भने उनीहरू पनि सुरक्षित र भरपर्दों प्राणी बन्न सक्छन् । सरकारी तथा गैरसरकारी संस्थाहरूले बेवारिसे कुकुरहरूको व्यवस्थापनका लागि उचित कदम चाल्नुपर्छ ।

    कुकुर त उही नै हो, फरक त हामी मानिसको दृष्टिकोण र व्यवहारमा मात्र छ । यदि हामीले त्यो सोच परिवर्तन गर्न खोज्यौँ भने वास्तविक मानवता झल्किन्छ । त्यही कारण हामीले हाम्रो व्यवहारमा सकारात्मक भावना ल्याउन जरुरी छ ।

    (लेखक रोजी बस्नेत प्रशिक्षार्थी पत्रकार हुन् । उनी ख्वप कलेजमा स्नातक चौथो वर्षमा अध्ययनरन छिन् ।)

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...