News Portal

  • एसईई दिने विद्यार्थीलाई नेसनल प्याव्सन भक्तपुरको अभिमुखीकरण

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ माघ २०८१
    १४०२ पटक
    भक्तपुर, १५ माघ २०८१

    नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना विद्यार्थीलाई अभिमुखीकरण गरेको छ । सदस्य विद्यालयहरुमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

    अभिमुखीकरण कार्यक्रमको पहिलो सत्रमा गणित विषयका विज्ञ रमेश प्रसाद अवस्थीले विद्यार्थीहरुले गणित विषयलाई प्रयोगात्मक रुपमा अध्ययन गर्नु पर्ने, कठिन रुपमा लिनु नहुने साथै बुझेर मात्र अभ्यास गर्नु पर्नेमा जोड दिए । विज्ञ अवस्थीले एसईई परीक्षामा के कसरी राम्रो अंक ल्याउन सकिन्छ भनेर विद्यार्थीलाई प्रशिक्षित गरेका थिए ।

    अभिमुखीकरण कार्यक्रमको दोश्रो सत्रमा प्रसिद्ध उत्प्रेरक विकास देव योन्जन (तामाङ)ले भविष्य बनाउने समय नै अहिले स्कुल जीवनमा नै हो भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिड्ने व्यक्ति सफल हुन्छ त्यसकारण विद्यार्थीहरुले आजको समयलाई सहि सदुपयोग गर्नु पर्ने सन्देश दिए । उनले जीवनमा सफलता पाउन एकै पटक ठूलो फड्को चाल्नु भन्दा विस्तारै आफ्नो गति बढाउने तर आजै सुरुवात गर्नु पर्ने बताउनु भयो । उत्प्रेरक योन्जनले जीवनपयोगी उत्प्रेरणा जोड्दै पढ्ने र सिक्ने समयलाई कहिल्यै अन्यन्त्र खेर फाल्न नहुने दृष्टान्त दिए ।

    उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई भक्तपुरका प्रमुख कमला ज्ञवालीले विद्यार्थीले खुशि भएर पढ्नु पर्ने सुत्रहरु सिकाईन। उनले घरमा अभिभावकले र विद्यालयले पढ्न मात्र जोड गर्ने र कुनै पनि सीपमा नलगाउने कारण भविष्यमा बेरोजगार भई मानिस तनावको सिकार हुने भन्दै हरेक दिन ५ मिनेट ध्यान गरेर आफ्नो दिनको सुरुवात गर्नु पर्ने बताईन । प्रमुख अतिथि ज्ञवालीले विद्यार्थीहरुलाई चिन्ता गरेर हैन चिन्तन गरेर पढ्न हौसला दिईन । साथै, उनले नेसनल प्याव्सन भक्तपुरले विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेकोमा खुशी समेत व्यक्त गरेकी थिइन् ।

    नेसनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवांको संयोजकत्वमा सम्पन्न सो कार्यक्रमको संचालन सचिव कुमार थापा मगरले गरेका थिए । कार्यक्रमका सभाध्यक्ष एवं नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यार्थीहरुले गणित विषयलाई अत्यन्तै कठिन विषयको रुपमा बुझेकाले यस्तो भ्रममा नपरी सहज रुपमा सिकाई गर्न सकिन्छ भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको बताए । यस्ता कार्यक्रमले विद्यार्थीहरुमा हौसला हुने साथै थप आत्मबल बढ्ने उनले बिश्वास ब्यक्त गरे ।

    साथै कार्यक्रममा नेसनल प्याव्सन बागमती प्रदेश सहकोषाध्यक्ष साधुराम गैडा, नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम प्रसाद खाताखो, कोषाध्यक्ष विक्रम थापा, सहकोषाध्यक्ष रत्न बहादुर राई, मिडभ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्ल जोशी, पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा, नेसनल प्याव्सन जिल्ला कार्यसमिति भक्तपुरका सदस्य एवं प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...