News Portal

  • चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ फागुन २०८१
    २२० पटक
    भक्तपुर, ६ फागुन २०८१

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी महिला अभियान अन्तर्गत झोल साबुन बनाउने तालिम प्रदान गरेको छ । मंगलवार चाँगुनारायण- ४ बजुटाेलका स्थानीय गृहिणी महिलाहरुलाई तालिम प्रदान गरिएको हो ।

    तालिममा ५० जना स्थानीय महिलाहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए । उनीहरूले प्राप्त ज्ञान बाट ४५ लिटर झोल साबुन बनाएका थिए । सो सामाग्री प्रशिक्षार्थीहरुलाई नै निशुल्क वितरण गरिएको तालिमको प्रशिक्षक समेत रहेकी अनेमसंघ क्रान्तिकारीकी भक्तपुर जिल्ला अध्यक्ष राजेस्वरी शिल्पकारले बताइन् ।

    तालिमको उद्घाटन गर्दै अभियानका परिकल्पनाकार समेत रहेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डि.पी ढकालले महिलाहरु आर्थिक अभावकै कारणले घरेलु हिंसाबाट पीडित हुनुपरेको बताएका थिए । यस्ता तालिमहरुले गृहिणी महिलाहरुलाई आम्दानिको श्रोत बढाउने र उनीहरू आत्मनिर्भर बन्ने उनले बिश्वास व्यक्त गरे । यसले घरेलु हिंसा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।

    उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य उमा कपाली, चाँगुनारायण नगर समिति उपाध्यक्ष रामकुमार तामाङ, सचिव चण्डिका लामिछाने, जिल्ला सदस्य राजकुमार बन लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...