मलेसियाविरुद्ध शानदार जीत : ज्ञानेन्द्रको अर्धशतकसहित ८ विकेटले खेल नेपालको पक्षमा

टी-२० वर्ल्डकप एसिया फाइनलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । पहिलो खेलमा कतारसँग पराजित नेपालले दोस्रो खेलमा मलेसियालाई पराजित गरेको हो । मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएपछि नेपाललाई जितको लागि ८४ रन को लक्ष्य मिलेको थियो । टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। टस हुनु अगाडि नै लगातार वर्षा भएपछि खेल ढिला गरी सुरु भएको छ भने खेल ९ ओभरमा झारिएको थियो । ब्याटिङको निम्तो पाएको मलेसियाले पहिलो ओभरमा नै दुई विकेट गुमाएको थियो । तर, मलेसियाका मध्यक्रमका ब्याट्सम्यानले समालिएर खेलेपछि उच्च स्कोर बनाएको हो । मलेसियाको लागि सयद अजिजले सर्वाधिक ३० रन बनाएका थिए जुन क्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे। यस्तै भिरनदिप सिंहले १७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाएका थिए । अन्य मलेसिया ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिने जुन क्रममा २ ओभरमा २३ रन … Continue reading मलेसियाविरुद्ध शानदार जीत : ज्ञानेन्द्रको अर्धशतकसहित ८ विकेटले खेल नेपालको पक्षमा