News Portal

  • मलेसियाविरुद्ध शानदार जीत : ज्ञानेन्द्रको अर्धशतकसहित ८ विकेटले खेल नेपालको पक्षमा

    भक्तपुर, ८ साउन
    २५८७ पटक
    भक्तपुर, ८ साउन

    टी-२० वर्ल्डकप एसिया फाइनलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । पहिलो खेलमा कतारसँग पराजित नेपालले दोस्रो खेलमा मलेसियालाई पराजित गरेको हो ।

    मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएपछि नेपाललाई जितको लागि ८४ रन को लक्ष्य मिलेको थियो ।

    टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। टस हुनु अगाडि नै लगातार वर्षा भएपछि खेल ढिला गरी सुरु भएको छ भने खेल ९ ओभरमा झारिएको थियो । ब्याटिङको निम्तो पाएको मलेसियाले पहिलो ओभरमा नै दुई विकेट गुमाएको थियो । तर, मलेसियाका मध्यक्रमका ब्याट्सम्यानले समालिएर खेलेपछि उच्च स्कोर बनाएको हो ।

    मलेसियाको लागि सयद अजिजले सर्वाधिक ३० रन बनाएका थिए जुन क्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे। यस्तै भिरनदिप सिंहले १७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाएका थिए । अन्य मलेसिया ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिने जुन क्रममा २ ओभरमा २३ रन खर्चिए। यस्तै बसन्त रेग्मीले १ ओभर बलिंग गर्दै ९ रन खर्चेर २ विकेट लिए। सन्दिप लामिछाने ९ २-०-१७-१ ० र करन केसी ९ २-०-१२-१ ० ले १/१ विकेट लिए।

    जितसंगै नेपालको २ खेलमा १ जित र १ हार सहित २ अंक पुगेको छ। मलेसियाले यस अघि पहिलो खेलमा कुवेतलाई पराजित गरिसकेको छ र समान २ अंक रहेको छ।

    पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भए पछि नेपाललाई बाँकी खेल जित्ने पर्ने दबाब रहेको थियो। वर्षाले ढिला सुरु भएपछि मात्र ९ ओभरमा छोट्याइएको खेलमा टस जितेको नेपालले मलेसियालाई ब्याटिंगको निम्तो दिएको थियो। मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।

    नेपालको ब्याटिंगमा ओपनिंग ब्याट्सम्यान तथा पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिंग गर्दै ५१ रन बनाए। लगातार खराब फर्ममा रहे पनि टिममा निरन्तरता दिए पछि आलोचित मल्लले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै नेपालको जितलाई सहज बनाए।

    टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मल्लको यो पहिलो अर्धशतक हो। यस्तै मल्लको अर्धशतक नेपाल ब्याट्सम्यानको टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो समेत हो। यस अघि बिनोद भण्डारीले मलेसियासंग यसै महिना टि-२० सिरिजमा २५ बलमा अर्धशतक बनाएका थिए जुन रेकर्ड मल्लले तोडेका हुन्। नेपालको लागि टि-२० क्रिकेटमा पारस खड्काले २ वटा, सुबास खकुरेल, बिनोद भण्डारी र सन्दिप जोराले १/१ वटा अर्धशतक प्रहार गरेका छन्।

    पहिलो विकेटको लागि ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरीले ५.१ ओभरमा ६० रनको साझेदारी गरेका थिए। मल्ल छैठौं ओभरको दोश्रो बलमा अर्धशतक पुरा गरे लगत्तै आउट भएका थिए। सोहि ओभरमा प्रदिप ऐरीलिई पनि मुमहद सहादतले आउट गरेका थिए। ऐरीले १४ बलमा १ चौका मदतले १२ रन बनाए।

    २ विकेट गुमेपछि दिपेन्द्र ऐरी पनि आठौँ ओभरमा २ रन बनाएर आउट भए।

    त्यसपछि सोहि ओभरको अन्तिम बलमा बिनोद भण्डारीले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए। बिनोदले अविजित १३ रन बनाए जुन क्रममा ८ बलमा १ छक्का प्रहार गरे। शरद भेसावकर २ बलमा ३ रन बनाएर अविजित रहे।

    मलेसियाको लागि ३ वटै विकेट मुम्ह्हद स्याहादतले लिए। उनले २ ओभरमा १९ रन खर्चिए।

    खेलमा पारस खड्का ढाडको नसा च्यापीएको कारण खेलेका छैनन्। ललित राजबंशीलाई पनि बाहिर राखिएको छ। प्रदिप ऐरी र रोहित पौडेल आज खेलीरहेका छन्।

    पहिलो खेलमा नेपाल कतारसंग पराजित भएको हुँदा आजको खेलमा जित्दै २ अंक प्राप्त गर्नु नेपालको लागि टि(२० विश्वप ग्लोबल छनौट पुग्न महत्वपूर्ण रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...