News Portal

  • उपमेयर कप उपत्यकाब्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सम्पन्न, हेर्नुस् नतिजा

    बुद्धशरण शाही/काठमाडौं काठमाडौं, २६ कार्तिक २०८१
    १८० पटक
    काठमाडौं, २६ कार्तिक २०८१

    प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाब्यापी  अन्तरपालिका एकायन कराँते प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका संगको सहकार्यमा नेपाल एकायन कराते संघले आयोजना गरेको दुई दिने सो प्रतियोगिता आइतवार सम्पन्न भएको हो ।

    काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा इमेज च्यानलका महाप्रबन्धक रघुवर भक्त मानन्धर, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाईकृष्ण बलामी, एन आर एन उपाध्यक्ष रोजिना प्रधान राई लगायतले विशेष आतिथ्यता रहेको थियो ।

    समापन समारोहका अवसर बोल्दै काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिका संगको सहकार्यमा नेपाल एकायन कराते संघले सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरेको प्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने बताइन ।

    प्रतियोगिताले खेलाडीहरुको प्रतिभा र क्षमता प्रदर्शन गर्न सहयोग पुगेको प्रष्ट पार्दै उनले खेलकुद लाई महानगरले महत्वका साथ् अघि बढाइरहेको बताइन । समापन समारोहका अवसरमा प्रतियोगिताका विजयी खेलाडीहरुलाई उनले नगद पुरस्कार, प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गरेकी थिइन् ।

    समापन समारोहका अवसर पारेर नेपाल एकायन करातेका तर्फबाट काजकिस्तानमा २०२४ जुलाई १५ देखि १९ सम्म सञ्चालित अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिप प्रतियोगिताको इन्क्लाईण्ड बेन्च प्रेस स्पर्धामा प्रथम स्थान हासिल गरी स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी केदारेश्वर मान स्थापितलाई दोसल्ला तथा प्रमाणपत्रबाट सम्मानित समेत गरिएको थियो ।

    प्रतियोगिताको समापन समारोहको सभापतित्व एकायन करातेका जन्मदाता एवं नेपाल एकायन करातेका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलले गरेका थिए भने कार्यक्रम संयोजक रहेका नेपाल एकायन कराते संघका सल्लाहकार एवं साउथ एसियन एकायन कराते फेडेरेसनका प्रथम उपाध्यक्ष शशी कपालीले स्वागत मन्तव्य राखेका थिए ।

    उक्त अवसरमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाईकृष्ण बलामी, नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकारहरु निरोज कर्माचार्य, शंकर महर्जन, रमेश मान मुनिकार, धर्मदेव महर्जन, वीरकृष्ण श्रेष्ठ, राजन महर्जन, प्रेमनाथ श्रेष्ठ, राजकुमार श्रेष्ठ, प्रेम लामा, प्रविण काजी श्रेष्ठ, केदार मान स्थापित, लगायतको समेत आतिथ्यता रहेको थियो ।

    प्रतियोगितमा निर्णयाधिश राजेन्द्र शाक्य, सिर्जन अधिकारी तथा भरत धौलाकोटी रहेका थिए भने मुख्य निर्णायक किशोर तामाङ, बिष्णु मान शाक्य र रुपेश मगर त्यसैगरी निर्णायकहरुमा समसेर लामा, राम तामाङ, शंकर धौलाकोटी, सुरेश धाैलाकाटी, बिवेक थापा मगर, सजिन महर्जन, उर्मिला बिश्वकर्मा, हिमाल सागर मनोज राजबहाक, राजेन्द्र तामाङ, श्रीराम राणा, सराेज तामाङ, विवेक बर्देवा, राजु तामाङ, निशु तामाङ र नारायण लामा रहेका आयोजकले जनाएको छ ।

    प्रतियोगितामा महिला तर्फ ६ (छ) तथा पुरुष तर्फ ८ (आठ) गरी कुल १४ वटा तौल समूहहरुमा खेलहरु संचालन भएका थिए । काठमाडौं उपत्यका भित्रका १२ वटा नगरपालिकाहरुका करिब १ सय ९४ जना एकायन कराते खेलाडीहरु सहभागी प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गरिएको थियो ।

    प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद पुरस्कार जनही रु २० हजार,  स्वर्ण पदक, प्रमाण पत्र तथा ट्रफी पाए । यसैगरी द्वीतिय हुने खेलाडीले नगद पुरस्कार जनही रु १२  हजार रजत पदक, प्रमाण पत्र तथा ट्रफी र तृतिय हुने खेलाडीले नगद पुरस्कार जनही रु ७ हजार कासय पदक, प्रमाण पत्र तथा ट्रफी  पाए । चौथो स्थान हासिल गर्ने खेलाडीले पदक तथा प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी सहभागी सम्पूर्ण खेलाडी तथा खेल पदाधिकारीहरुलाई प्रमाण पत्रबाट सम्मानित गरिएको थियो ।

    प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाव्यापि अन्तरपालिका एकायन कराते प्रतियोगिताका २०८१ को
    महिला तौल समूहमा ३५ के.जी. मुनि तौल समूहमा रेखा रोकाया प्रथम, साक्षी ढकाल द्वितीय, सुप्रिया के. सी. तृतीय र आर्या महर्जनले चौथो स्थान प्राप्त गरेका छन् । ४० के.जी. मुनि तौल समूहमा क्रमश सिवानी आले मगर,आराध्या घिमिरे , प्राष्ना अधिकारी र ऋतु उप्रेती प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् ।

    ४५ के.जी. मुनि तौल समूहका कृपा खड्का, आयुषा तामाङ्ग, अन्जना तामाङ्ग र आकृती थापा प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् । ५० के.जी. मुनि तौल समूहमा रेश्मीला राई, सभ्यता नेपाली, रानी तामाङ्ग र आयुष्मा थापा मगर प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् ।

    ५५ के.जी. मुनि तौल समूहमा निषा तामाङ्ग, आस्था तामाङ्ग, अन्जिला मगर र आयुषा गुरुङ्ग प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् । महिला खुल्ला तौल समूहमा अन्जना बुढाथोकी, एलिना थापा,रसिला श्रेष्ठ र मेलिना मगर प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् ।

    पुरुषतर्फ तौल समूहमा
    २५ के.जी. मुनि तौल समूहका अरुण लामा, लविन कार्की, आयुष तामाङ्ग र कविर तामाङ्ग क्रमस: प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् । ३० के.जी. मुनि तौल समूहका विवेश जैशी , नरेश रावत, गौरव सुनुवार र रोजिव खत्री प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् ।
    ३५ के.जी. मुनि तौल समूहका गणेश विष्ट, सायन भुजेल, महेन्द्र कार्की र युनिश श्रेष्ठ प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् ।

    ४० के.जी. मुनि तौल समूहका प्रविन श्रेष्ठ, साजन नेपाली, निश्चल तामाङ्ग र करण घिसिङ्ग प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् ।४५ के.जी. मुनि तौल समूह सुवास शाही, समिर बराम, जोन राई र विवेक तामाङ्ग प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् ।

    ५० के.जी. मुनि तौल समूह पवन तामाङ्ग, अनमोल श्रेष्ठ , किशोर न्यौपाने र वसन्त कुमाल प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् ।५५ के.जी. मुनि तौल समूह विराज मगर , सुवास नेपाली, रवि श्रेष्ठ र प्रविन आले मगर प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् । पुरुष खुल्ला तौल समूहमा दिनेश बम, अभिषेक तामाङ्ग, मनिष राई र विनय तामाङ्ग प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...