News Portal

  • खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १७ मङ्सिर २०८१
    १६२१ पटक
    भक्तपुर, १७ मङ्सिर २०८१

    मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका खेलाडीहरुको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान आरम्भ भएको छ । उच्च स्तरीय संसदीय छानविन समिति गठनको माग गर्दै मेची महाकाली हस्ताक्षर अभियान शुरु भएको हो ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) कै कमजोरीका कारण उक्त घटनामा अभिभावकले आफ्ना अवोध बच्चाहरू गुमाएका र खेल क्षेत्रले भविष्यका होनहार खेलाडी गुमाएको भन्दै ‘हामो अभियान नेपाली फुटबलमा आमुल परिवर्तन’ समूहले हस्ताक्षर अभियान शुरु गरेको जनाएको छ । आयोजक हामो अभियान नेपाली फुटबलमा आमुल परिवर्तनका संयोजक राम प्रजापतिले देशब्यापी हस्ताक्षर संकलन गरि जिल्ला प्रशासन कार्यालय र प्रतिनिधि सभाका सभामुख समक्ष बुझाउने कार्यक्रम रहेको बताएका छन् । हस्ताक्षर अभियान एक महिनासम्म संचालन गरिने र प्रत्येक जिल्लामा पुग्ने अभियानका संयोजक प्रजापतिले प्रष्ट पारे ।

    हस्ताक्षर अभियानले गत असोज १२ गते मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका- ३ स्थित वात्सल्यदेवी स्कुलमा पहिरोमा परी एन्फा सिस्नेरी एकेडेमीमा रहेका ६ किशोर खेलाडीको ज्यान गएको विषयमा उच्च स्तरीय संसदीय छानविन समिति गठनको उदेश्य बोकेको छ ।

    उक्त घटनामा एकेडेमीमा रहेका किशोर खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको ज्यान गएको थियो । कुलेखानीको ड्याम खोलेपछि पानीले बगाउँने हल्ला र त्रासले बच्न निस्केका किसोर खेलाडीहरुको पहिरोमा परी ज्यान गएको थियो ।

    पीडित परिवारले यस अघि राजधानीमै पत्रकार सम्मेलन गरि घटनाको छानविन हुनुपर्ने माग राखेका भएपनि सुनुवाइ नभएको गुनासो गर्दै आएका छन् । यस्तो घटना भइसक्दा पनि एन्फाले कुनै छानविन नगरेको र नेतृत्वले ज्यान गुमाउनेका आफन्तलाई थप पीडा दिएको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...