News Portal

  • भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न, अक्सफोर्ड दोजाङ प्रथम

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ मङ्सिर २०८१
    २१५९ पटक
    भक्तपुर, २ मङ्सिर २०८१

    भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको ‘चौंथो जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता’ शनिवार सम्पन्न भएको हो ।

    चाँगुनारायण नगरपालिका वडा नं ७ तफादम्फुस्थित सभाहलमा सम्पन्न प्रतियोगितामा सर्वाधिक स्वर्ण पदकसहित अक्सफोर्ड दोजाङ प्रथम भएको छ । १७ स्वर्णसहित कुल ४२ पदक प्राप्त गरि प्रतियोगितामा प्रथम स्थान प्राप्त भएको अक्सफोर्ड प्राक्टिकल स्कुल दोजाङ सल्लाघारीका प्रशिक्षक चुलाई मुखियाले बताएका छन् । प्रतियोगितामा ११ स्वर्णसहित सिरुटार दोजाङ दोस्रो र ४ वटा स्वर्ण पदकसहित निकोसेरा दोजाङ तृतीय भएका छन् ।

    प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ डोजाङका सौरभ श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए भने महिला तर्फ सिरुटार दोजाङकी रोशनी तितुङ्ग उत्कृष्ट खेलाडी घोषित भइन् ।

    २ दिन चलेको प्रतियोगितामा १४ दोजाङका करिब ३ सय खेलाडी सहभागी भएका संयोजक प्रेम कुमार लामाले जानकारी दिए । पदक विजेतालाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । बिजेतालाई प्रमुख अतिथि रहेका राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय उपाध्यक्ष सनिस लागेजु, विशेष अतिथि रहेका चाँगुनारायण-७ का वडाध्यक्ष श्याम नाँयजु श्रेष्ठ, तेक्वान्दोका बरिष्ठ प्रशिक्षक शेर बहादुर थापामगर, अक्सफोर्ड प्राक्टिकल स्कुलका प्रधानाध्यापक रवि दुवाल लगायतले पुरस्कृत गरेका थिए ।

    समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय उपाध्यक्ष सनिस लागेजुले खेलकुदलाई राष्ट्रिय गौरवको रुपमा बिकास गर्नुका साथै व्यवसायीकरण समेत गर्दै अघि बढ्नुपर्ने संघको स्पष्ट धारणा रहेको र सोही बमोजिम गतिविधि गरिरहेको जानकारी गराए ।

    उद्घाटन समारोहमा चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले कभर्ड हल बनाउन जग्गा दिने प्रतिवद्धता गरेका स्मरण गर्दै उपाधयक्ष लागेजुले तेक्वान्दोको बिकासमा यसले ठुलो सहयोग पुग्ने बताए । खेलाडी राष्ट्रका गहना भएका भन्दै उनले रामा खेलाडी उत्पादनको अभियानमा तीनै तहका सरकार र खेलप्रेमीहरुको साथ् र सहयोगको आवश्यकता औल्याएका थिए ।

    सो अवसरमा चाँगुनारायण-७ का वडाध्यक्ष श्याम नायाँजु श्रेष्ठले खेलाडीको स्वास्थ्य र राष्ट्रको प्रतिष्ठाका लागि खेल क्षेत्रको बिकास हुनुपर्ने बताए । राष्ट्रिय तेक्वान्दो संघ नेपालले खेलकुदको बिकासमा गरिरहेका गतिविधि प्रति सन्तोष व्यक्त गर्दै उनले स्थानीय सरकारले समेत आवश्यक सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे ।

    सो अवसरमा संघको भक्तपुर जिल्ला अध्यक्ष सुन्दर सुवालले जिल्लामा तेक्वान्दो खेलको बिकासका लागि संघले गरेका विविध गतिविधिबारे प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...