News Portal

  • सन्दिप लामिछानेको बिराटनगर किंग्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सको बिजयी शुरूवात

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ मङ्सिर २०८१
    २४७ पटक
    भक्तपुर, १५ मङ्सिर २०८१

    नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।  सन्दिप लामिछाने टिम क्याप्टेन रहेको बिराटनगर किंग्सलाई जनकपुर बोल्ट्सले ८ विकेटले पराजित गरेको छ। जनकपुरमा अनिल शाह क्याप्टेन छन् ।

    शनिबार टियुको अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा  बिराटनगर किंग्सले दिएको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले मात्र २ विकेट गुमाएर १५. ३ ओभरमै पार गर्यो।

    जनकपुरको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका लाहिरु मिलान्थाले सर्वाधिक ७५ रन बनाए जुन क्रममा अविजित रहेका देब्रे हाते ब्याटरले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। हर्ष थाकरले अविजित २९ रन बनाए। ओपनर अनिल शाह ५ तथा आसिफ शेख खाता नखोली आउट भएपछि मिलान्था र थाकरले तेश्रो विकेटको लागि ११६ रनको अविजित साझेदारी गरे।  बिराटनगरको ब्लैंगमा क्रिस सोल र प्रतिश जिसीले १/१ विकेट लिए।

    टस हारेर ब्याटिंग गरको बिराटनगर किंग्सले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो।

    किंग्सको लागि चर्चित न्युजिल्यान्ड क्रिकेटर समेत रहेका मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए। त्यस क्रममा दायाँ हाते ब्याटरले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अकिब इल्यासले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    एक समय ९६ रनमा मात्र ३ विकेट गुमाएको किंग्सले त्यसपछि लगातार विकेट गुमायो। चौधौं ओभरको अन्तिम बलमा गप्टिललाई अफ स्पिनर हर्ष थाकरले क्याच आउट पारेपछि लगातार विकेट गुम्यो। फलस्वरुप ९६/३ बाट किंग्स ११२/९ को अवस्थामा पुग्यो भने १२७ रनमा सबै विकेट गुमायो।

    जनकपुर बोल्ट्सको बलिंगमा देब्रे हाते स्पिनर ललित राजबंशीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। किशोर महतो र हर्ष थाकरले २/२ विकेट लिए। बेन माइक र मोहम्मद मोहसिनले १/१ विकेट लिए।

    प्रतियोगिताबारे थप थाहा पाउन विकेटनेपाल डट्कम फलो गर्नुस् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...