भक्तपुरमा पनि देखियो डेंगु : यस्ता छन् बच्ने उपाय
के तपाइँको परिवारमा कसैलाई एक्कासी उच्च ज्वरो आएर असाध्यै टाउको दुखिरहेको छ ? ज्वरोमा आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोश हुने आदि लक्षणहरू देखिएका छन् ? यदि छ भने डेंगु रोग लागेको पनि हुनसक्छ । देशभर फैलिरहेको यो रोग भक्तपुरमा पनि देखिएको छ । भक्तपुरमा अहिलेसम्म १० जनामा डेंगुको संक्रमण देखिएको भक्तपुर अस्पतालले जनाएको छ भने अन्य अस्पतालमा समेत यस्ता रोगी भेटिएका हुनसक्ने भन्दै जनस्वास्थ्य कार्यालय भक्तपुरले सावधानी अपनाउन विशेष जनचेतनामूलक अभियान नै चलाउने भएको छ । के हो डेंगु रोग ? यो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिज एजिप्टाई जातको पोथी लामखुट्टेले टोक्दा यो रोग सर्दछ । कस्तो हुन्छ डेंगु सार्ने लामखुट्टे एडिज लामखुट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । यसले सफा पानी जमेको स्थानमा … Continue reading भक्तपुरमा पनि देखियो डेंगु : यस्ता छन् बच्ने उपाय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed