गर्मीमा पुग्नैपर्ने गन्तब्य : चाँगुनारायणस्थित मुहान पोखरी झरना

बेलाबेलामा वर्षा भइरहे पनि केहि दिन यता गर्मी निकै बढेको छ । यस्तो उखरमाउलो गर्मी छल्न भक्तपुरमै रहेको झरनाबारे धेरैलाई थाहाँ नहुन सक्छ । व्यस्त दैनिकीका कारण मानिसहरुलाई धेरै टाढा जान फुर्सद पनि छैन । शहरी जीवनमा मानिसहरुलाई फुर्सद पाउन मुस्किल छ । तर, फुर्सद मिलेमा पनि नजिकै मनमोहक झरनामा रुझ्न भिज्न सकिन्छ भन्ने कुराको विश्वास नहुन पनि सक्छ । बागमती, मनोहरा र हनुमन्ते लगायतको नदीको हालत हेरेर राजधानीमा स्वच्छ पानीको कुरा गर्दा पनि पत्यार नमान्ने धेरैलाई भक्तपुरको चाँगुनारायण एक आकर्षणको केन्द्र हुनसक्छ । हो, यहाँ मुहान पोखरी झरना रहेको छ जहाँ तपाइँ पानीको मज्जा लिन सक्नुहुन्छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको वार्ड नं ६ र ७ मा मुहान पोखरी झरना पर्दछ । यो झरना गर्मी छल्ने उत्कृष्ट गन्तव्य हुन सक्छ । यो झरनाले विदाका दिनलाई निकै रमाइलो बनाउने पक्का छ । भक्तपुर चाँगुनारायणमा रहेको यो मुहान पोखरीमा जानका लागि भक्तपुरबाट खरिपाटी हुँदै जान सकिन्छ । खरिपाटीबाट १५–२० मिनेटको बाटो काटेपछि … Continue reading गर्मीमा पुग्नैपर्ने गन्तब्य : चाँगुनारायणस्थित मुहान पोखरी झरना