भक्तपुरबाट २ महिनामा ११ हजार बढीले लिए व्यक्तिगत पान : यसरी प्राप्त गर्न सकिन्छ पान नम्बर

भक्तपुरस्थित आन्तरिक राजस्व कार्यालयबाट दुई महिनामा ११ हजार बढी व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत पान नम्बर ) लिएका छन् । नयाँ आर्थिक वर्ष शुरु भएको दुई महिनामा नै यत्ति धेरै व्यक्तिले व्यक्तिगत पान नम्बर लिएका हुन् । आन्तरिक राजस्व कार्यालय, भक्तपुरमा कार्यरत कर अधिकृत तीर्था निरौलाले चालू आर्थिक वर्ष ०७६/७७ को साउन र भदौ महिनामा मात्र ११ हजार बढी व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका भक्तपुर पोस्ट लाई जानकारी दिइन् । निरौलाका अनुसार विगत वर्षका तुलनामा यो संख्या अत्यधिक हो । गत आर्थिक वर्षको यो अवधिमा ६ सय ६० जनाले मात्र व्यक्तिगत स्थायी लेखा नम्बर लिएको उनको भनाइ छ । ”सेवाग्राहीहरु स्व:स्फूर्त रूपमा स्थायी लेखा नम्बर लिन आइरहनु भएको छ । हामीलाई कामको भ्याई नभ्याई छ ।” कर अधिकृत तीर्था निरौलाले भक्तपुर पोस्ट संग भनिन् । उनका अनुसार सरकारले यो आर्थिक वर्षदेखि तलव/ज्याला लेनदेनमा समेत स्थायी लेखा नम्बर अनिवार्य गरेपछि व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको भीड ह्वात्तै बढेको हो । … Continue reading भक्तपुरबाट २ महिनामा ११ हजार बढीले लिए व्यक्तिगत पान : यसरी प्राप्त गर्न सकिन्छ पान नम्बर