भक्तपुर आएर देउवाको प्रश्न : १२ वर्ष के हेरेर बसेको ?

पुर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन् । काँग्रेसका नेता एवं सांसद मोहम्मद अफताब आलमलाई १२ वर्ष अघिको मुद्दा झिकेर फसाउन खोजिएको उनको आरोप छ । शुक्रवार पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरको बोडेमा आयोजित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुको लागि प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले सरकार कांग्रेसका नेता तथा कार्यकर्तालाई दुख दिने नियतले अघि बढेको बताए । उनले सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरीएकोमा आक्रोस व्यक्त गर्दै प्रश्न गरे, ”१२ बर्षसम्म के हेरेर बसेको थियो सरकार ?” नेकपाले सत्ताको आडमा आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षडयन्त्र गरेको उनको जिकिर छ । सभापती देउबाले सेना,प्रहरी र कर्मचारीसंग पनि गुनासो गर्दै उनीहरुको एक एक हिसाव राख्ने उद्घोष गरे । ”कम्युनिष्ट पार्टीको गुलाम जस्तो बनेर उसकै वकालत गर्ने सबैको हिसाव किताव राखिन्छ ।” उनले भने । सरकारले दुख दिने नियत कायम राखे संर्घषमा उत्रनुको बिकल्प बाकि नरहने … Continue reading भक्तपुर आएर देउवाको प्रश्न : १२ वर्ष के हेरेर बसेको ?