News Portal

  • भक्तपुर आएर देउवाको प्रश्न : १२ वर्ष के हेरेर बसेको ?

    भक्तपुर, १ कात्तिक
    ३२६० पटक
    भक्तपुर, १ कात्तिक

    पुर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन् । काँग्रेसका नेता एवं सांसद मोहम्मद अफताब आलमलाई १२ वर्ष अघिको मुद्दा झिकेर फसाउन खोजिएको उनको आरोप छ ।

    शुक्रवार पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरको बोडेमा आयोजित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुको लागि प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले सरकार कांग्रेसका नेता तथा कार्यकर्तालाई दुख दिने नियतले अघि बढेको बताए । उनले सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरीएकोमा आक्रोस व्यक्त गर्दै प्रश्न गरे, ”१२ बर्षसम्म के हेरेर बसेको थियो सरकार ?” नेकपाले सत्ताको आडमा आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षडयन्त्र गरेको उनको जिकिर छ ।

    सभापती देउबाले सेना,प्रहरी र कर्मचारीसंग पनि गुनासो गर्दै उनीहरुको एक एक हिसाव राख्ने उद्घोष गरे । ”कम्युनिष्ट पार्टीको गुलाम जस्तो बनेर उसकै वकालत गर्ने सबैको हिसाव किताव राखिन्छ ।” उनले भने ।

    सरकारले दुख दिने नियत कायम राखे संर्घषमा उत्रनुको बिकल्प बाकि नरहने भन्दै उनले सरकारको दुइ तिहाइको दम्भ आन्दोलन बाट झारिदिने चेतावनी समेत दिए ।

    उक्त अवसरमा सभापति देउवाले सरकारले जति नै असहयोग गरेपनि बिचलित नहुन कांग्रेसबाट बिजयी जनप्रतिनिधिलाई आह्वान गरे । जनताको भलो भए काँग्रेसको भलो हुने भन्दै उनले जनतालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधि,महामन्त्री डा शशांक कोईराला, नेता कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य सीता गुरुङ,भक्तपुर जिल्ला सभापति दुर्लभ थापा,  लगायतले काँग्रेसको बर्तमान चुनौती र गर्नुपर्ने दायित्वबारे बोलेका थिए भने आगामी उप निर्वाचनलाइ केन्द्रमा राखी एकताबद्ध भै अघि बढ्नुपर्ने बताएका थिए ।

    प्रशिक्षणमा देशभरबाट ४ सय भन्दा बढीको सहभागिता रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...