भक्तपुरको उपनिर्वाचनका लागि ४ जनाको नाम सिफारिस : शनिवार केन्द्रले निर्णय गर्ने सम्भावना

भक्तपुरको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्यका लागि निर्धारित उपनिर्वाचनका लागि सत्तारुढ़ नेकपाले ४ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको छ । मङ्सिर १४ मा तय भएको उपनिर्वाचनका लागि ४ जना आकांक्षीको नाम केन्द्रमा रिफारिस गरी पठाइएको हो । भक्तपुर जिल्ला कमिटीले पठाएको ३ नाममा एक महिला थपेर प्रदेश ३ को पदाधिकारी बैठकले शुक्रवार ४ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको एक पदाधिकारीले भक्तपुर पोस्टलाई बताएका छन् । शनिवार बिहान बस्ने केन्द्रकाे बैठकले ४ जना मध्ये एक उम्मेदवार छान्न सक्ने समेत श्रोतले जनाएको छ । ” शनिवार विहान डाकिएको सचिवालय बैठकमा उपनिर्वाचनका लागि उम्मेदवार छनौटको विषयमा छलफल हुनेछ, निर्णय भएमा भोली नै को उम्मेदवार भन्ने टुंगो लाग्छ ।” श्रोतले भन्यो । भक्तपुर जिल्ला पार्टीले सचिव डीपी ढकाल र जिल्ला सदस्यद्वय रमेश बुढाथोकी र मोहनवीर श्रेष्ठको नाम प्रदेश कमिटीमा सिफारीस गरेर पढाएको जानकारी प्राप्त भएको छ । एक महिलाको नाम पनि अनिवार्य पठाउनुपर्ने व्यवस्था बमोजिम प्रदेश कमिटीले … Continue reading भक्तपुरको उपनिर्वाचनका लागि ४ जनाको नाम सिफारिस : शनिवार केन्द्रले निर्णय गर्ने सम्भावना