को हुन् भक्तपुरमा नेकपाका उम्मेदवार ढकाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मङ्सिर १४ मा निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा पार्टीका जिल्ला सचिव डीपी ढकाललाई उम्मेदवार चयन गरेको छ । नेकपाको सचिवालय बैठकले भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा हुने प्रदेश सभा सदस्यको उम्मेदवारमा ढकाललाई चयन गरेको हो । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले भक्तपुरको प्रदेश सभा सदस्य पदका लागि ढकाललाई उम्मेदवारमा सर्वसम्मत चयन गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बताए । भक्तपुर जिल्ला कमिटीले प्रस्ताव गरेको ३ नाममा एक महिला थपेर प्रदेश ३ को पार्टी पदाधिकारी बैठकले शुक्रवार ४ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो । प्रस्तावित नाम मध्ये ढकाल सिनियर भएको र राजनीतिक रुपमा परिपक्वसमेत भएको ठहर गर्दै सचिवालय बैठकले ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशको भनाइ छ । को हुन् नेकपाका उम्मेदवार ढकाल नेकपाले उम्मेदवार बनाउने घोषणा गरेका नेता ढकाल पूर्व माओवादी पृष्ठभूमीका हुन् । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा सदस्यमा यस अघिको निर्वाचनमा समेत … Continue reading को हुन् भक्तपुरमा नेकपाका उम्मेदवार ढकाल