युवा पप गायिका आस्था अप्ठ्यारोमा : रुदै भनिन्, ‘मरिजाने चोलामा झुटो बोल्दिन’

नेपालकी युवा पप गायिकाको रुपमा चर्चित भ्वाइस अफ नेपालकी कोच आस्था राउत अहिले चर्चामा छिन् । यो चर्चा उनको गीत संगीतको कारणले नभई प्रहरीसंगको लफडाको कारण भएको हो । बिहीवार त्रिभुवन बिमानस्थलबाट यात्रा गर्ने क्रममा सुरक्षाकर्मी प्रहरी जवानसंगको आक्रोस सामाजिक संजालमा पोखेपछि उनी चर्चामा आएकी हुन् । उनले फेसबुक लाइभ मार्फत पुुलिस हाम्रो साथी भन्ने नारा हटाउनुपर्ने बताउदै पुलिस हो कि फुलिस भन्दै आक्रोस पोखेकी थिइन् । उनले प्रहरीको जरा गन्धा भएको भन्दै सस्कार सिकाउन आग्रह गरेकी थिइन् । पब्लिकलाई तँतँ भन्ने अनि पब्लिकबाट सम्मान खोज्ने कुरा ठिक नभएको उनको भनाइ थियो । बोल्नेक्रममा उनले केहि अपमानजनक शब्द समेत प्रहरीको लागि प्रयोग गरेकी छिन । उनको फेसबुक लाइभ भाइरल भएपछी प्रहरीले बिमानस्थलमा भएको घटनाको भिडिओ फुटेज सार्वजनिक गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले शुक्रवार कलाकार आस्था राउतविरुद्ध उजुरी समेत दिएकी छन् । गायिका राउतले भने आफ्नो गल्ती भए आफू सजाय भोग्न तयार रहेको भनेकी छिन । … Continue reading युवा पप गायिका आस्था अप्ठ्यारोमा : रुदै भनिन्, ‘मरिजाने चोलामा झुटो बोल्दिन’