News Portal

  • युवा पप गायिका आस्था अप्ठ्यारोमा : रुदै भनिन्, ‘मरिजाने चोलामा झुटो बोल्दिन’

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ माघ
    २५१५ पटक
    भक्तपुर, ३ माघ

    नेपालकी युवा पप गायिकाको रुपमा चर्चित भ्वाइस अफ नेपालकी कोच आस्था राउत अहिले चर्चामा छिन् । यो चर्चा उनको गीत संगीतको कारणले नभई प्रहरीसंगको लफडाको कारण भएको हो ।

    बिहीवार त्रिभुवन बिमानस्थलबाट यात्रा गर्ने क्रममा सुरक्षाकर्मी प्रहरी जवानसंगको आक्रोस सामाजिक संजालमा पोखेपछि उनी चर्चामा आएकी हुन् । उनले फेसबुक लाइभ मार्फत पुुलिस हाम्रो साथी भन्ने नारा हटाउनुपर्ने बताउदै पुलिस हो कि फुलिस भन्दै आक्रोस पोखेकी थिइन् । उनले प्रहरीको जरा गन्धा भएको भन्दै सस्कार सिकाउन आग्रह गरेकी थिइन् । पब्लिकलाई तँतँ भन्ने अनि पब्लिकबाट सम्मान खोज्ने कुरा ठिक नभएको उनको भनाइ थियो । बोल्नेक्रममा उनले केहि अपमानजनक शब्द समेत प्रहरीको लागि प्रयोग गरेकी छिन ।

    उनको फेसबुक लाइभ भाइरल भएपछी प्रहरीले बिमानस्थलमा भएको घटनाको भिडिओ फुटेज सार्वजनिक गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले शुक्रवार कलाकार आस्था राउतविरुद्ध उजुरी समेत दिएकी छन् ।

    गायिका राउतले भने आफ्नो गल्ती भए आफू सजाय भोग्न तयार रहेको भनेकी छिन । बोलेको केहि शब्द प्रति माफी मागेपनि उनले प्रहरीले आफूमाथि दुर्ब्यवहार गरेको भने पुन: दावी गरेकी छिन । रुदै उनले भनिन्, ” मरिजाने चोलामा मैले झुटो बोल्दिन, मलाइ बुझिदिनोस ।”

    यस घटनालाई लिएर सामाजिक संजाल प्रयोगकर्ता पक्षविपक्षमा विभाजित बनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...