News Portal

  • महाजात्राले कमायो २६ करोड ६५ लाख

    न्यूज कारखाना भक्तपुर, ७ बैशाख २०८१
    १४२६ पटक
    mahajatra safalta ghimireभक्तपुर, ७ बैशाख २०८१

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ ।

    यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

    नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’ अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म पनि बनेको छ । अन्तर्राष्ट्रिय बजारमा बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताए ।

    ‘महाजात्रामार्फत हामीले प्राप्त गरेको माया र शुभेच्छाले हामीलाई आउँदा दिनमा थप जिम्मेवार बनाएको छ । परिवारलाई एकसाथ हलसम्म ल्याएर खुसी बनाउन पाउदासँगै फिल्मको व्यावसायिक सफलताको पाटो हाम्रो लागि सुनमा सुगन्ध झैँ भएको छ’, निर्माता खत्रीले भने ।

    अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामा ९० बढी शो, संयुक्तराज अमेरिकामा ६५ बढी शो, न्युजिल्यान्डमा १४ शो, युरोप अन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो भईसकेको छ । यस्तै, अष्टेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने नेपाली फिल्म ‘महाजात्रा’ बनेको छ । अप्रिल २१ सम्मको यसको कुल ३३ शो सेड्युल गरिएको छ । यति शो अहिलेसम्म सिड्नीमा कुनै नेपाली फिल्मको गरिएको छैन ।

    उक्त सम्पूर्ण शोहरू ‘सोल्ड आउट’ थिए । मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ ।

    निर्माता खत्रीले दर्शकसँगै हलमै आएर फिल्म हेर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिलाई समेत धन्यवाद दिए ।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

    म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...