सिंहदरवारमा प्रदेशका सामाजिक विकाश मन्त्री सहितको बैठक सकियो : एसईई नरोकिने

माध्यमिक शिक्षा परीक्षा(एसईई) संचालन गर्न सातै प्रदेश सरकारले ‘ग्रिन सिग्नल’ दिएका छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरु एसईई परीक्षाको विषयमा एकमत देखिएका हुन् । सोमबार सिंहदरवार स्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सरकारका मन्त्रीहरुले एसईई परीक्षा रोक्नु आवश्यक नरहेको निष्कर्ष निकाले । कोरोना भाइरस (कोभिड १९) ले विश्वव्यापी महामारीको रुप लिएको अवस्थामा बिहीवार देखि शुरु हुने एसईई परीक्षाको विषयमा बैठकमा छलफल भएको थियो । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कुनै प्रभाव नपरेकोले बिहीवार देखि शुरु हुने परीक्षा रोक्नुपर्ने अवस्था नरहेको बैठकले निष्कर्ष निकालेको हो । परीक्षाको सम्पूर्ण तयारी पूरा भैसकेको भन्दै प्रदेशका सामाजिक विकाश मन्त्रीहरुले कोरोना भाइरसको जांच पछि परीक्षा केन्द्रमा प्रवेशको बातावरण मिलाइने बताए । एसईई परीक्षालाई कोरोनासंग जोडेर आतंकित हुनुपर्ने अवस्था नभएको संदेश विद्यार्थी र अभिभावकलाई दिनुपर्नेमा समेत सहभागीहरुले जोड दिएका थिए । विद्यार्थी र अभिभावक आश्वस्त नबने परीक्षा लिनुको अर्थ नहुने भन्दै बैठकमा सरकारले सरोकारवालामा सचेतना फैलाउनु पर्ने … Continue reading सिंहदरवारमा प्रदेशका सामाजिक विकाश मन्त्री सहितको बैठक सकियो : एसईई नरोकिने