कोरोनाको कारण बिस्केट जात्रामा बाधा : बाधा फुकाउन मेयरको नेतृत्वमा १० सदस्यीय समिति

नयाँ वर्षसंँगै मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे भक्तपुरको बिस्केट जात्रा यस वर्ष कसरी मनाउने भन्ने विषयमा बिचारबिमर्स शुरु भएको छ । कोभेड १९ को अन्तराष्ट्रिय माहामारी र नेपालमा रोग भित्रिन सक्ने जोखिमका बीच लिच्छवीकालीन बिस्केट जात्रालाई कसरी निरन्तरता दिने भन्ने विषयमा चासो र चिन्ता व्यक्त गरिएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा बिहीवार बिस्केट जात्रा व्यवस्थापनसम्बन्धी सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रमम प्रमुख बक्ताको रुपमा रहेका नगर प्रमुख सुनिल प्रजापति, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी उपरीक्षक सविन प्रधान त्यसैगरी वडाध्यक्ष कुमार चवाल र राजकृष्ण गोरा,गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य सहभागीहरु रामबहादुर प्रजापति, केशव तमखु, न्हुछेराम भेले, गोविन्द मल्ल लगायतले कोरोना भाइरसको त्रासले गर्दा यस वर्ष बिस्केट जात्रा चुनौतीपूर्ण भएको भनेका थिए । सरकारले पच्चीस जना भन्दा बढी भेला नहुन उर्दी जारी गरेको अवस्थामा जात्रा मनाउनु चुनौती भएको उनीहरुको भनाइ छ । बिस्केट जात्रा सञ्चालन सम्बन्धी आवश्यक निर्णय लिन नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा एक कार्यदल नै गठन … Continue reading कोरोनाको कारण बिस्केट जात्रामा बाधा : बाधा फुकाउन मेयरको नेतृत्वमा १० सदस्यीय समिति