नेपालमा कोरोना आएको भाइरल मेसेज अफवाह मात्रै : अफवाह फ़ैलाउनेलाइ खोज्दै प्रहरी
भक्तपुर । फेसबुकलाई अफवाह फ़ैलाउनेहरुले फेकबुक बनाउन प्रयोग गरिरहेको परिपेक्षमा नेपालमा पनि सो प्रयास भएको छ । नेपालका दुई अस्पताल नर्भिक र त्रिवि शिक्षण अस्पतालमा नोभल कोरोना भाइरसका बिरामी भेटिएको भ्रामक अडियो यतिबेला फेसबुक मेसेंजरमा भाइरल भएको छ । शनिबार बिहानैदेखि फेसबुक मेसेंजरमा अडियो मेसेज भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं डिआईजी शैलेश थापाले अडियोमा भनिएका कुरामा कुनै सत्यता नभएको र यस्तो अफवाह फैलाउने युककको खोजी भैरहेको भनेका छन् । कोरोना भाइरसका आशंका भए जाच्ने काम शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै भइरहेको भएपनि उक्त अडियो शेयर हुदा मानिसहरु भ्रमित बनेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले हुँदै नभएको खबर भाइरल भएको बताए । उनले उक्त खबर भाइरल गर्ने कार्यमा संलग्नको खोजी गरी कारवाही गर्न समेत माग गरे । ‘ भाईरल भएको न्यूज अत्यन्तै भ्रामक हो र नियतवस गरिएको हो । नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाहन्छु । Cyber Crime Cell ले … Continue reading नेपालमा कोरोना आएको भाइरल मेसेज अफवाह मात्रै : अफवाह फ़ैलाउनेलाइ खोज्दै प्रहरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed