News Portal

  • नेपालमा कोरोना आएको भाइरल मेसेज अफवाह मात्रै : अफवाह फ़ैलाउनेलाइ खोज्दै प्रहरी

    भक्तपुरपोस्ट संवाददाता ८ चैत, २०७६
    ३१४४ पटक
    ८ चैत, २०७६

    भक्तपुर । फेसबुकलाई अफवाह फ़ैलाउनेहरुले फेकबुक बनाउन प्रयोग गरिरहेको परिपेक्षमा नेपालमा पनि सो प्रयास भएको छ । नेपालका दुई अस्पताल नर्भिक र त्रिवि शिक्षण अस्पतालमा नोभल कोरोना भाइरसका बिरामी भेटिएको भ्रामक अडियो यतिबेला फेसबुक मेसेंजरमा भाइरल भएको छ ।

    शनिबार बिहानैदेखि फेसबुक मेसेंजरमा अडियो मेसेज भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं डिआईजी शैलेश थापाले अडियोमा भनिएका कुरामा कुनै सत्यता नभएको र यस्तो अफवाह फैलाउने युककको खोजी भैरहेको भनेका छन् ।

    कोरोना भाइरसका आशंका भए जाच्ने काम शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै भइरहेको भएपनि उक्त अडियो शेयर हुदा मानिसहरु भ्रमित बनेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले हुँदै नभएको खबर भाइरल भएको बताए । उनले उक्त खबर भाइरल गर्ने कार्यमा संलग्नको खोजी गरी कारवाही गर्न समेत माग गरे ।

    ‘ भाईरल भएको न्यूज अत्यन्तै भ्रामक हो र नियतवस गरिएको हो । नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाहन्छु । Cyber Crime Cell ले उक्त व्यक्तिको पहिचान गरी करवाई अगाडी बढाएको छ । हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौं ।” उनले भने । महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले पनि शिक्षण अस्पतालमा कोरोना आशंकामा कुनै पनि बिरामी भर्ना नै नभएको भन्दै उक्त अडियो अफवाह मात्र भएको बताए ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार प्रजापतिको उपचारमा पत्रकार महासंघको २९ हजार सहयोग

    भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक...

    नगरपालिकाको नमूना काम, किसान दङ्ग

    झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई...

    ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने प्रधानमन्त्री ओलीको जिकिर

    प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने जिकिर गरेका छन् । पछिल्ला...

    निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व

    नेपाल निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व निर्वाचित भएको छ । युनियनको नवौं अधिवेशनले निरज...

    बालकोटमै आएर गगन थापाको चुनौती, प्रधानमन्त्रीले राम्रो काम नगरेका दाबी

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले राम्रो काम गर्न नसकेका खुलासा गरेका छन् । प्रधानमन्त्रीलाई...