हेर्नुस् भक्तपुर सिडिओद्वारा जारी गरिएको आदेश
विश्वव्यापी महामारीको रुपमा देखा परेको नोभल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले घोषणा गरेको लक् डाउन(बन्द) को भक्तपुरमा सकारात्मक प्रभाव परेको छ । भाडाका सवारीसाधन र अत्यावश्यक पसल बाहेक बजार पूर्णतया बन्द भएका छन् । लक् डाउनको पहिलो दिन भएकाले कतिपय मानिसहरु कुरा नबुझेर बाहिरको अवस्था हेर्न निस्कदा प्रहरीलाई सास्ती भएको थियो । घरमै बस्न सरकारले अनुरोध गरेपनि केहि मानिसहरु भने सडकमा निस्केका थिए । ”मानिसहरुले लक् डाउन लाई राजनीतिक पार्टीहरुले गर्ने नेपाल बन्दकै शैलीमा बुझेको देखियो । यो चुनौतीपूर्ण कुरा हो ।” सडकमा मानिसलाई रोक्न खटिरहेका एक प्रहरीले भक्तपुरपोस्ट संग गुनासो गरे । भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारको निर्णयलाई भक्तपुरवासीले पालना गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । उनले केहि मानिसहरु सडकमा देखिए पनि पहिलो दिन भएकोले कुरा बुझाएर छाडिएको बताइन । ”आगामी दिनमा हामी कठोर हुन्छौं, सरकारको निर्णय पालना गरेर घरमै क्वारेन्टाइनमा बस्नुभएका जिल्लावासीप्रति आभारी छौं ।” प्रजिअ पाण्डेले भनिन् । कोभिड १९ … Continue reading हेर्नुस् भक्तपुर सिडिओद्वारा जारी गरिएको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed