News Portal

  • हेर्नुस् भक्तपुर सिडिओद्वारा जारी गरिएको आदेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ चैत
    ७३७६ पटक
    भक्तपुर, ११ चैत

    विश्वव्यापी महामारीको रुपमा देखा परेको नोभल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले घोषणा गरेको लक् डाउन(बन्द) को भक्तपुरमा सकारात्मक प्रभाव परेको छ । भाडाका सवारीसाधन र अत्यावश्यक पसल बाहेक बजार पूर्णतया बन्द भएका छन् ।

    लक् डाउनको पहिलो दिन भएकाले कतिपय मानिसहरु कुरा नबुझेर बाहिरको अवस्था हेर्न निस्कदा प्रहरीलाई सास्ती भएको थियो । घरमै बस्न सरकारले अनुरोध गरेपनि केहि मानिसहरु भने सडकमा निस्केका थिए । ”मानिसहरुले लक् डाउन लाई राजनीतिक पार्टीहरुले गर्ने नेपाल बन्दकै शैलीमा बुझेको देखियो । यो चुनौतीपूर्ण कुरा हो ।” सडकमा मानिसलाई रोक्न खटिरहेका एक प्रहरीले भक्तपुरपोस्ट संग गुनासो गरे ।

    भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारको निर्णयलाई भक्तपुरवासीले पालना गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । उनले केहि मानिसहरु सडकमा देखिए पनि पहिलो दिन भएकोले कुरा बुझाएर छाडिएको बताइन । ”आगामी दिनमा हामी कठोर हुन्छौं, सरकारको निर्णय पालना गरेर घरमै क्वारेन्टाइनमा बस्नुभएका जिल्लावासीप्रति आभारी छौं ।” प्रजिअ पाण्डेले भनिन् । कोभिड १९ को संक्रमण रोक्न सरकारी प्रयासले मात्र सम्भव नभएको भन्दै उनले सबै जनसमुदायको साथ् र सहयोग आवस्यक रहेको बताइन ।

    मंगलवार उनले सरकारको निर्णय बमोजिम १८ चैतसम्म बन्दको आदेश जारी गरेकी छन् । उनले आदेश उलंघन गर्नेलाई कानूनबमोजिम कडा कारवाही हुने समेत चेतावनी दिएकी छन् ।

    हेर्नुस् सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको आदेश 

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...