रोकियो खरीपाटी क्वारेन्टाइनका २ जनाको रिपोर्ट : कोरोना पोजेटिभ नदेखिएको दावी

फाइल फाेटो खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएकाे क्वारेन्टाइनमा ९६ जनालाई राखिएकाे छ । क्वारेन्टाइनबाट ९६ जनाकै नाक र घाँटीको स्वाब संकलन गरेर कोरोना भाइरस (काेभिड १९) परीक्षणका लागि पठाइएकाे भएपनि टेकुले ९४ जनालाई मात्र कोरोना नेगेटिभ पुष्टि गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत भने, ‘खरिपाटी क्‍वारेन्टाइनमा रहेका सबै ९४ जनाकाे रिपोर्ट नेगेटिभ आएको छ।’ नमूना पठाइएकाे ९६ भएपनि क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे मात्र रिपोर्ट सार्वजनिक भएपछि शंका उठ्नु स्वाभाविक नै हो । कतै २ जनामा कोरोना पोजेटिभ त देखिएन ? भक्तपुर पोस्टले यसबारे राखेको जिज्ञासामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ जनाको रिपोर्ट आउँन नसकेको उल्लेख गरे ।” स्वाब संकलन गर्दा मात्रा नपुगेको कारण २ जनाको रिपोर्ट नआएको हो । यसमा शंका मान्नुपर्ने अवस्था छैन ।” भक्तपुर पोस्टसंग उनले भने । भक्तपुर पोस्ट श्रोतले समेत डा. देवकोटाको भनाइलाई पुष्टि गरेको छ । श्रोतको अनुसार २ … Continue reading रोकियो खरीपाटी क्वारेन्टाइनका २ जनाको रिपोर्ट : कोरोना पोजेटिभ नदेखिएको दावी