सत्तारुढ नेकपा सचिवालयको निष्कर्ष : ७ वर्षपछि मात्र बिदेशी बुहारीलाई नागरिकता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई तत्कालै नेपाली नागरिकता दिन नहुने निष्कर्ष निकालेको छ । नेपालीसँग विवाह गरेका विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने सचिवालयले निष्कर्ष निकालेकाे हो । सचिवालय बैठकले पुरुष नेपाली नागरिकसँग विवाह गर्ने बिदेशी महिलाले ७ वर्ष उगेपछी पछि मात्र अङ्गीकृत नागरिकता दिइनु पर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पुष्टि गरे । विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि हुनुपर्ने र उनले पहिलेको नागरिकता त्यागेको वा परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाणका आधारमा मात्र वैवाहिक अङ्गीकृत नागरिकता दिइनु उपयुक्त हुने सचिवालयको मत रहको उनको भनाइ छ । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा विवाद हुँदा करिब २ वर्ष देखि यो विधेयक रोकिएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबारबाट पुनः शुरु भएको छलफलमा नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाइ ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, … Continue reading सत्तारुढ नेकपा सचिवालयको निष्कर्ष : ७ वर्षपछि मात्र बिदेशी बुहारीलाई नागरिकता