चाँगुनारायणको नीति तथा कार्यक्रम : छोरीलाई बैंक खातादेखि बिनाब्याज ऋण दिनेसम्म(पूर्णपाठ)

चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमवार नगरपालिकाकी उपप्रमुख बिना बास्तोलाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । नगर प्रमुख सोम प्रसाद मिश्रको अध्यक्षतामा जारी सातौँ नगरसभामा उपप्रमुख बास्तोलाले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रस्तुत नीति तथा कार्यक्रम नगरसभाबाट स्वीकृत भएको नगर सभाका सचिवसमेत रहेका प्रमुख कार्यकारी अधिकृत चिरन्जीवी तिमिल्सिनाले जानकारी गराए । सार्वजनिक भएको नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी बिस्तार र उद्यम प्रवर्धनमा विशेष केन्द्रित रहेको छ । त्यसका साथै बालबालिका, जेष्ठ नागरिक,बनजंगल व्यवस्थापन र सरसफाइको कार्यक्रममा समेत बिशेष महत्व दिइएको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम मार्फत चाँगुनारायण नगरपालिकाले केन्द्रीय बजेटको सिको गर्दै महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ । कोभिड १९ का कारण देशबिदेशबाट बेरोजगार हुनसक्ने नगरबासीलाई लक्षित गरी ‘मेयरसंग उद्यमशीलता’ कार्यक्रम ल्याएको हो । यस अन्तर्गत युवाको सम्वर्द्धन उद्यमशिलता प्रर्वद्धन कार्यक्रम सञ्चालन नीति लिइएको छ । … Continue reading चाँगुनारायणको नीति तथा कार्यक्रम : छोरीलाई बैंक खातादेखि बिनाब्याज ऋण दिनेसम्म(पूर्णपाठ)