भक्तपुरका थापा यसैसाता प्रहरी महानिरीक्षक बन्ने
नेपाल प्रहरीकाे सर्वाेच्च पदकाे रुपमा रहेकाे प्रहरी महानिरीक्षक(आईजीपी)पदमा भक्तपुरकाे कटुन्जे घर भएका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) शैलेस थापा क्षेत्री बढुवा हुने भएका छन् । बहालवाला आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबार अनिवार्य अवकास पाउँने भएसंगै उक्त पदमा एआईजी थापा बढुवा हुने भएका हुन् । बहालवाला आईजीपी ज्ञवालीकाे अवकास पछि रिक्त हुने उक्त पद प्राप्तिका लागि एआईजी शैलेस थापा क्षेत्रीसंगै अर्का एआईजी हरिबहादुर पाल पनि प्रतिस्पर्धामा रहेका छन् । ४ महिनाअघि एआईजीमा बढुवा भएका थापा र पालमध्येबाट एक जना आईजीपी बन्ने निस्चित भएपनि भक्तपुर पाेस्ट श्राेतका अनुसार पाल भन्दा थापाकाे पल्ला भारी भएकाे हाे । २०४९ सालमा प्रहरी निरीक्षकबाट थापा र पाल सेवा प्रवेश गरेका हुन् । यस अघिका बढुवामा आफ्नाे प्रतिस्पर्धी रहेका पाललाई पछि पार्न सफल थापा सर्वाेच्च पदकाे रुपमा रहेकाे प्रहरी महानिरीक्षक(आईजीपी)पदमा पुग्ने निस्चित प्राय: रहेकाे प्रहरी श्राेतले बताएकाे छ । थापा प्रहरी संगठनमा इमान्दार, कर्मठ र व्यवसायिक प्रहरी अधिकारीकाे रुपमा चिनिन्छन् । नेपाल प्रहरीकाे सर्वाेच्च पदकाे रुपमा रहेकाे प्रहरी महानिरीक्षक(आईजीपी)पद … Continue reading भक्तपुरका थापा यसैसाता प्रहरी महानिरीक्षक बन्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed